Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पिपुल्स पावर कम्पनीले ‘आइपिओ’ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

२०७७ मंसिर ११ गते

बैंकिङ खबर । पिपुल्स पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर ‘आइपिओ’ निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन गर्ने सेयर बिक्री प्रबन्धकको लागि प्रभु क्यापिटल नियुक्त गरेको हो । कम्पनीले मंसिर ११ गते बिहीबार सेयर निष्कासन तथा बिक्रि प्रबन्धकको लागि प्रभु क्यापिटलसंग सम्झौता गरेको छ । सो सम्झौता पत्रमा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोषराज नेपाल र प्रभु क्यापिटल प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् । पिपुल्स पावर कम्पनीले इलामको इलाम नगरपालिकामा अवस्थित पुवा खोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

Ad