Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से १९२५.७८ विन्दुमा, सेयर खरिदबिक्री रकममा उछाल

२०७७ मंसिर ११ गते

बैंकिङ खबर । यतिबेला सेयर बजारमा रौनकता छाएको छ । गत बिहीबार नेप्से सूचकले यसघिको उच्च विन्दुलाई तोड्दै झण्डै साढे ४ महिनापछि पुनः नयाँ रेकर्ड बनाएको थियो। यसअघि नेप्से सूचक २०७३ साउन १२ गते १८८१ को सबैभन्दा उच्च विन्दुमा पुगेको थियो। झण्डै साढे ४ वर्षपछि मंसिर ११ गते बिहिबार नेप्से सूचकले उक्त रेकर्डलाई तोड्दै १९२५ को विन्दु सम्म पुगेको छ। आज विहीबार नेप्से सूचक १९२५.८७ विन्दुमा पुगेको छ। विशेषगरी सूचक तथा खरिदबिक्री रकममा निकै बढोत्तरी देखिएको छ । खरिदबिक्रीमा माहोल आएसँगै समग्र बजारको थप सुधारप्रति सर्वसाधारण लगानीकर्ता उत्साहित भएका हुन् । आज बजार खुलेको पहिलो एक घन्टामा ९१२।२५ सम्ममा करिब २ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजार दिउँसो ३ बजेसम्म खुल्ने भएकाले खरिदबिक्री रकम अझै निकै बढ्ने देखिन्छ । खरिदबिक्री रकमसँगै नेप्से सूचकमा पनि वृद्धि भइरहेको छ । त्यस्तै, सम्पूर्ण उपसमूहहरु बढेका छन् यसले समग्र बजारलाई सकारात्मक गतिमा लगेको हो ।

 

Ad