
बैंकिङ खबर । अपि पावर कम्पनीको वार्षिक साधारण सभाले लाभांश पारीत गरेको छ । कम्पनीको मंसिर ९ गतेकोे साधारण सभाले लाभांस प्रस्ताव पारीत गरेको हो । साधारण सभाले आव २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत र आव २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत लाभांश प्राप्त गर्ने सेयरधनीलाई ९ प्रतिशत बोनस शेयर लाभाश दिने निर्णय पारित गरेको छ ।
