
बैंकिङ खबर । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.८६ अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.८६ अंकले बढेर एक हजार ८१०.११ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ४.४२ अंकले बढेर ३४५.३७ मा पुगेको छ । सोमबार कूल १९९ वटा कम्पनीको एक करोड २० लाख २१हजार ३ सय ४७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६ सय ११ रुपैयाँको कारोबार भएको थियो । आज मंगलबार नेप्सेमा १९६ वटा कम्पनीको एक करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ४४करोड २९ लाख ५० हजार १ सय८९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर बढेको छ भने बाकीँ १ समुहको सेयर घटेको छ ।

