Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

राष्ट्र बैंकद्धारा जारी ५० अर्ब बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

२०७७ मंसिर ५ गते

 

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा शुक्रवार ५० अर्ब बराबरको तीन प्रकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको तीन प्रकारको उक्त ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेपाल राष्ट्र बैंकले ४ दशमलव ७७ प्रतिशत ब्याजदरको ९ वर्षे अवधिको रू २० अर्बको २०८६ ‘घ’ ऋणपत्र गत असोज १२ गते विक्री गरेको थियो । त्यस्तै, ७ वर्षे अवधिको ४ दशमलव १४ प्रतिशत ब्याजदरको रू १० अर्ब बराबरको २०८४ ‘घ’ ऋणपत्र असोज २१ गते र १० वर्षे अवधिको ४ दशमलव १४ प्रतिशत ब्याजदरको २०८७ ‘घ’ ऋणपत्र कात्तिक २० गते राष्ट्र बैंकले विक्री गरिएको थियो । अर्ध वार्षिक रुपमा ब्याजदर भुक्तानी गर्ने गरी विक्री गरिएको उक्त विकास ऋणपत्र धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने गरी सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । ९ वर्षे अवधिको सावा भुक्तानी २०८६ साल असोज १२ गते, ७ वर्षे अवधिको सावा भुक्तानी २०८४ साल असोज २१ र १० वर्षे अवधिको सावा भुक्तानी २०८७ साल कात्तिक २० गते हुने बैंकले जानकारी दिएको छ ।

Ad