Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माउन्टेन इनर्जीको आइपीओः ४ लाख ९१ हजार जना आवेदकको हात खाली !

२०७७ मंसिर ५ गते

बैंकिङ खबर । माउन्टेन इनर्जी नेपालले बिक्रीमा ल्याएको आइपीओमा ४ लाख ९१ हजार जना आवेदकको हात खाली हुने भएको छ । मागभन्दा अत्याधिक बढी आवेदन परेपछि आइपीओमा आवेदन भर्ने ४ लाख ९१ हजार जना आवेदकको हात खाली हुने भएको हो । कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ। यो मागभन्दा ७.६१ गुणा धेरै हो। धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाँउछन्। यसअनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ। यो कुल आवेदकको ७२ प्रतिशत हो। आइपीओको बाँडफाँड कहिले गर्ने भन्ने विषयमा भने अहिले कुनै निर्णय नभएको क्यापिटलले जनाएको छ।कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। केहि समय अघिसम्म हाइड्रोपवरको शेयरमूल्य अंकित मूल्यभन्दा पनि तल झरेकोले हाइड्रोपावर कम्पनीले बिक्रीमा ल्याउने आइपीओमा लगानीकर्ताको आकर्षण कम देखिन्थ्यो। तर पछिल्लो समय हाइड्रोपावरको शेयरमूल्य समेत बढेकोले यस्ता कम्पनीले बिक्रीमा ल्याउने आइपीओमा समेत लगानीकर्ताको आकर्षण बढ्न थालेको छ। 

Ad