Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

चार लाख कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै लघुवित्त पुग्यो बोर्डको ढोकामा !

२०७७ मंसिर ५ गते

बैंकिङ खबर । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर ‘आईपीओ’ निष्काशन गर्ने भएको छ । लघुवित्त संस्थाले ४ करोड रुपियाँको आइपिओ निष्कासन अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड पुगेको हो । बिहीबार लघुवित्तले ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नको लागि अनुमति माग्दै बोर्ड पुगेको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ । आईपीओ निष्काशनको तयारीमा रहेको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५४ लाख ६१ हजार खुद नाफा कमाएको थियो ।