
बैंकिङ खबर । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरले साधारण शेयर ‘आइपिओ’ निष्कासन गरेको दोस्रोे दिनसम्ममा २९ लाख ६८ हजार कित्ताको लागि आवेदन परेको छ । हाइड्रोपावर कम्पनीको ‘आइपिओ’ निष्कासन गरेको दोस्रो दिनमा ९५ हजार ७४ जनाले आवेदन दिएका छन् । । कम्पनीको ‘आइपिओ’ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार पहिलो दिन ११ लाख ३८ हजार २ सय ६० कित्ता र दोस्रो दिन (आज) १८ लाख ३० हजार ६० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर ‘आइपिओ’ निष्कासन तथा बिक्री खुल्ला गरेको हो। जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो ।लगानीकर्ताले उक्त आइपिओमा मंसिर ३ गतेदेखि र मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।