Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बिहीबार पनि सेयर खरिदबिक्री रकममा उछाल

२०७७ मंसिर ४ गते

 

बैंकिङ खबर । दशैं पछाडि सेयर बजारमा रौनकता देखिएको छ । विशेषगरी खरिदबिक्री रकममा निकै बढोत्तरी देखिएको छ । खरिदबिक्रीमा माहोल आएसँगै समग्र बजारको थप सुधारप्रति सर्वसाधारण लगानीकर्ता उत्साहित भएका हुन् । तिहार पछाडि सेयर बजार सुरु भएको पहिलो दिन करिब ५ अर्व बराबरको सेयर खरिद बिक्री भएको थियो । दोस्रो दिन बजार खुलेको पहिलो एक घन्टामा (१२ बजे) करिब १ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजार दिउँसो ३ बजेसम्म खुल्ने भएकाले खरिदबिक्री रकम अझै निकै बढ्ने देखिन्छ । खरिदबिक्री रकमसँगै नेप्से सूचकमा पनि वृद्धि भइरहेको छ । त्यस्तै, सम्पूर्ण उपसमूहहरु बढेका छन् यसले समग्र बजारलाई सकारात्मक गतिमा लगेको हो ।

Ad