Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बुधबार नेप्से १७ सय ४१ विन्दुमा, सेयर खरिदबिक्री रकममा उछाल

२०७७ मंसिर ३ गते

बैंकिङ खबर । बुधबार शेयर बजार उकालो लागेको छ । बुधबार शेयर बजार दोहोरो अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक २३.३२ अंकले बढेर एक हजार ७४१.८१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.८० अंकले घटेर ३३८.०९ मा पुगेको छ । कूल १९४ वटा कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको शेयर घटेको छ । आज बैंकिङ समूहको उपसूचक १.२८, विकास बैंक २०.६, हाइड्रोपावर कम्पनीको उसूचक १८.६१ अंकले घटेको छ भने, अन्य उपसूचक बढेका छन् ।

Ad