Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आजबाट इदी–मर्दीको ‘आइपिओ’ बिक्रीमा, सर्वसाधारणले कति कित्ताको लागि दिन सक्नेछन् आवेदन ?

२०७७ मंसिर ३ गते

बैंकिङ खबर । आज बुधबारबाट युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको साधारण शेयर ‘आइपिओ’ निष्कासन तथा बिक्री खुल्ला भएको छ ।  कम्पनीले सर्वसाधारणको लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर ‘आइपिओ’ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा बिक्री नभएको २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जोडेर ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर ‘आइपिओ’ निष्कासन गर्न लागेको हो । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपिओमा मंसिर ३ गतेदेखि र मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

Ad