Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कार्तिक महिनामा यी हुन् नेप्सेमा सेयर सूचिकृत गर्ने ९ कम्पनी ?

२०७७ मंसिर २ गते

बैंकिङ खबर । कार्तिक महिना नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा ९ वटा कम्पनीको सेयर सूचिकृत गरेका हुन् । नौ वटा कम्पनीको करिब ३ करोड ८६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । जसमा समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त एक आपसमा १:१ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको १४ लाख कित्ता शेयर, शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको १ करोड ४७ लाख ६४ हजार कित्ता साधारण शेयर ‘आइपिओ’, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ लाख १० हजार ८ सय ८० कित्ता बोनस शेयर, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:१ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको २३ लाख ५३ हजार ८ सय २१ कित्ता शेयर नेप्सेमा सूचिकृत भएका हुन् । त्यस्तै, तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले १३ लाख ७३ हजार एक दशमलव ७५०९ कित्ता बोनस शेयर, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड . १ करोड कित्ता साधारण शेयर ‘आइपिओ’ र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० लाख कित्ता बोनस शेयर, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ लाख ५८ हजार कित्ता बोनस शेयर सूचिकृत गरेका थिए ।

Ad