Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

फाइनान्स कम्पनीको हकप्रद सेयर निष्कासन हुन दुई दिन बाकीँ !

२०७७ मंसिर २ गते

बैंकिङ खबर । नेपाल फाइनान्स कम्पनी लिमिटेडले पर्सि अर्थात मंसिर ४ गतेदेखि १६ लाख ९७ हजार हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१.२५ अनुपातमा सो हकप्रद सेयर निष्कासन गर्ने भएको हो। हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ५८ लाख ५०० रुपैयाँको १२५ प्रतिशत बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६।२५ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसैगरी नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो सेयर’ मार्फत आवेदन दिन सकिनेछ । हकप्रदमा मंसिर २४ गतेसम्म आवेदन दिन पाइनेछ। कम्पनीका सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३० करोड ५५ लाख ५१ हजार १२५ रुपैयाँ पुग्नेछ।

Ad