
बैंकिङ खबर । यतिबेला साधारण सेयर ‘आइपिओ’ निष्कासनको लहर छाएको छ । नियामक निकाय धितोपत्र बोर्डमा १६ कम्पनीले आइपिओ निष्कासन अनुमति माग्दै आवेदन दिएका छन् । कागजात पुर्याएका कम्पनीहरुलाई तिहार लगतै निष्कासनको अनुमति दिने बोर्डले जनाएको छ । त्यस्तै, ग्रीन भेन्चर कम्पनी र ज्योति लाइफ इन्सोरेन्सले समेत आइपिओ निष्कासन गर्ने जनाएका छन् । दुई वटै कम्पनीले १०० अंकित दरमा आइपिओ निष्कासन गर्ने भएका हुन्। ग्रीन भेन्चर लिमिटेडले सर्वसाधारणमा ६२ करोड ५० लाख रुपैंयाको साधारण शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैंया अंकित मूल्यमा ६२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपिँयाको साधारण सेयर नियकासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६६ लाख कित्ता आइपिओ निष्कासन गर्नेछ । यी दुई बटै कम्पनी तिहार पछाडि निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड जाने जानकारी दिएका छन् । ।