
बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहकारी संस्था लिमिटेडको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख २६ हजार कित्ता संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट विक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर ७ गतेदेखि पौष १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । शेयरको न्युनतम मूल्य प्रतिशेयर ४९२ तोकिएकोले सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले बोलपत्र पेश गर्दा न्युनतम १ हजार कित्तादेखी सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।