Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोस्रो दिनसम्म माउण्टेन इनर्जीको आईपीओमा ३ गुणा बढि आवेदन

२०७७ कार्तिक २७ गते

बैंकिङ खबर । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आईपीओमा दोस्रो दिनसम्ममा ६२ करोड २५ लाख ४१ हजार रुपैयाँ बराबरको माग भएको छ । नबिल इन्भेष्ट बैंकिङ्गका दिएको जानकारी अनुसार कम्पनीको आईपीओमा बिहीबार साँझ ५ बजेसम्मसम्ममा २ लाख ७८ हजार जनाले ६२ लाख २५ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणबाट माग गरिएको कित्ताको ३.४० गुणा धेरै हो । कम्पनीले कार्तिक २७ गते बुधबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ । १८ लाख ३० हजार २६५ कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो । कम्पनीले निष्काशन गरेको आईपीओमा सर्वसाधारणले मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन गर्न पाइने व्यवस्था छ । कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट हाल कायम जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

 

 

Ad