Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब बढिको कारोबार

२०७७ कार्तिक २७ गते

बैंकिङ खबर । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १०.८२ अंकले बढेको छ। बढेको बजार १७१८.४९ विन्दुमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ३.२७ अंकले बढेर ३३८.८९ विन्दुमा पुगेको छ। बिहीबार १९८ कम्पनीको १ करोड २१ लाख सेयर खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज बैंकिङ समूहको उपसूचक १०.२१, व्यापार १६४.७१, निर्जिवन बिमा ३९.१६, अन्य २८.३८ र म्युचुहल फण्डको उपसूचक ०.०१ अंकले बढेको छ। होटल समूहको उपसूचक १८.४१, विकास बैंक ४.४७, जलविद्युत् ६.४५, फाइनान्स ३.६५, उत्पादन ३०.८६ र जीवन बिमा समूहको उपसूचक २८.९२ अंकले घटेको छ। आज बिशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन्।

Ad