
बैंकिङ खबर । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । संस्थाले ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ९ सय ५३ रूपैयाँ ३६ पैसामा लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, संस्थाहरुले मंसिर ४ गतेदेखि पुष ८ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् । इच्छुक जो कोहिले न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।