
बैंकिङ खबर । आज (बुधबार) पनि शेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर बजार दोहोरो अंकले बढ्दा नेप्से १७ ०० माथीको विन्दुमा पुगेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक २८.८९ अंकले बढेर एक हजार ७०७.६७ मा पुगेको छ । नेप्से १.७२ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ५.२३ अंकले बढेर ३३५.६२ पुगेको छ । कूल १९५ वटा कम्पनीको १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी १ वटा उपसमूहको शेयर घटेको छ। एउटा मात्र उपसमूह घटेर बुधबार शेयर बजारमा हरियाली छाएको छ ।

