Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पौने चार अर्बको ट्रेजरी बिल आउँदो सोमबार

२०७३ श्रावण २० गते

nepal rastra bankबैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई खिच्ने भएको छ । केन्द्रीय बैंकले मुल्यस्थिरता कायम गर्नका लागि ट्रेजरी बिलमार्फत रकम खिच्न लागेको हो । त्यसका लागि आगामी सोमबार नेपाल राष्ट्र बैंकले ३ सय ८५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी असोज २३ गते परिपक्व हुनेछ । उक्त ट्रेजरी सोमबार दिउँसो ३ बजे अनलाइन बोलकबोलबाट विक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।  

बैंक तथा वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रीय बैंकले ट्रेजरी बिल मार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी वित्तीय संस्थाले तरलता केन्द्रीय बैंकलाई बिक्री गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।