Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकसंग एनसीसीको माग : ‘मोड अफ पेमेन्ट सहज बनाउ’

२०७३ श्रावण २० गते

nrbनेपाल चेम्बर अफ कमर्स (एनसीसी) ले भुक्तानीको तरिका ‘मोड अफ पेमेन्ट’ सहज बनाउन राष्ट्र बैंकसंग माग गरेको छ । एनसीसीका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीले गभर्नर डा. चिरंजीबि नेपाललाई भेटी हालै जारी गरिएको मौद्रिक नीति तुलनात्मक रुपमा सन्तुलित रहेको भन्दै मोड अफ पेमेन्ट सहज बनाउन माग गरेको हो । जवाफमा गभर्नर नेपालले आवश्यक कदम चाल्ने आश्वासन दिएका भेटमा सहभागी एनसीसीका एक पदाधिकारीले जानकारी दिए ।