Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना सँग स्टक ब्रोकर एशोसियशनका नवनियुक्त पदाधिकारीको भेटघाट

२०७७ कार्तिक २४ गते

बैंकिङ खबर । स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधिमण्डलले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना संग भेटघाट गरेको हुन् । प्रतिनिधिमण्डलको नेतृत्व स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त अध्यक्ष सन्तोष मैनालीले गरे । सोही भेटमा बोर्डका अध्यक्ष ढुंगानाले एशोसियशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । नवनियुक्त अध्यक्ष मैनालीले कोभिड–१९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै आएको उल्लेख गर्दै यस बीचमा अनलाइनमार्फत् कारोवार गर्ने लगानीकर्ताको संख्यामा उल्लेख बृद्धि भई दोस्रो बजारको दायरा बढिरहेकोमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई नयाँ उपकरण मार्फत् लगानीको थप अवसर प्रदान गरी बजार विस्तार गर्ने चुनौती कायमै रहेको तथा धितोपत्रको दोस्रो बजार प्रविधि मैत्रीहुदै गर्दा ट्रेड म्यानेजमेनज सिस्टम र यसमा निहित जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीतिल्याई धितोपत्रको दोस्रो बजार कारोवारलाई व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गरे । त्यस्तै, भेटमा स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त उपाध्यक्ष धर्मराज सापकोटा लगायत अन्यपदाधिकारीहरुले धितोपत्रको दोस्रो बजार सेवालाई थप संस्थागत बनाउदै लैजान आवश्यक रहेकोले त्यसमा एशोसियशनले विशेष भूमिका खेल्ने बताउँदै नियमन निकायको रुपमा बोर्डले दिने निर्देशनको पालना गर्दै जाने र बजार विकासका लागि बोर्डबाट अभिभावकको भूमिका अपेच्छा गरेको बताए ।भेटका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले धितोपत्रबजारको प्रतिष्ठा बढाउनुपर्ने र सो का लागिएशोसियशनले विशेष भूमिकानिर्वाह गर्नुपर्ने बताउँदै त्ःक्लाई थपप्रभावकारी बनाई बैंक इन्टिग्रशनको कार्य चाडै सम्पन्न गरी यसलाई लगानीकर्ताहरुले आफ्नो चाहना अनुरुपकाधितोपत्रबजारका विभिन्नउपकरणमा लगानीगर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको लगानीकर्ता मैत्री बजार बनाउनुपर्ने बताए ।त्यस्तै, मार्जिन कारोवारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रुपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखाकार्यालयमार्फत् दोस्रो बजारको पहुँचविस्तार गर्ने, आधिकारिक प्रतिनिधिकालागि पाठ्यक्रम विकास गरी ऐन अनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने, ब्रोकर कमिशन सम्बन्धी अध्ययन भइसकेकोमा सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रुप दिने लगायतका कार्य आगामी दिनमा सम्पन्न गर्नुपर्ने बताए ।

Ad