Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सामान्य अंकले बढ्यो नेप्से

२०७७ कार्तिक २४ गते

बैंकिङ खबर । सातको दोस्रो दिन सेयर कारोबार मापन परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज सोमबार नेप्से परिसूचक २ दशमलव २२ अंकले बढेर १ हजार ६ सय ५२.८० अंकमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ परिसूचक ०.६१ अंकले घटेर ३२५.३३ अंकमा झरेको छ । आइतबार नेप्सेमा १९८ वटा कम्पनीले १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता शेयर खरिदबिक्री गर्दा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँको कारोबार गरेको थिय । आज सोमबार नेप्सेमा कारोबार गरेका १९५ कम्पनीले १ करोड २४ हजार ७०८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ६९ करोड ९७ लाख ०२ हजार ७८१ रुपिँयाको कारेबार गरेका छन् ।  सोमबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ६ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको शेयर घटेको छ। यस्तै आज कारोबार भएका कुल कम्पनीहरुमध्ये नेपाल पुनः बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५५ करोड ०१लाख ८१ हजार ४ सय ८५ रुपैयाँ बराबरको कारोबार गरेको छ । 

Ad