
बैंकिङ खबर । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ७७ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा १२ करोड २० लाख नाफा कमाएको कम्पनीले ५७ लाख रुपैयाँले नाफा बढाएको हो । चुक्ता पूँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६४.४७ रुपैयाँ छ । यस्तै जगेडा कोषमा १ अर्ब ६८ करोड ६७ लाख र प्रतिशेयर नेटवर्थ ३१२.८७ रुपैयाँ कायम भएको छ । असोज मसान्तसम्ममा ९ अर्ब ६८ करोड रुपैयाँ निक्षेप तथा बैंक वित्तीय संस्थाबाट ४ अर्ब ५२ करोड रुपैयाँ सापटी लिएर १५ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप २१.१२, र कर्जा लगानी २.९२ प्रतिशतले बढेको हो । कम्पनीको सापटी भने ३०.६५ प्रतिशतले घटेको छ । लघुवित्तले ३२ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा २० करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यस अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात २.९५ प्रतिशत, कोषको लागत ७.५३ प्रतिशत, र मूल्य आम्दानी अनुपात १९.२५ गुणा छ ।


