Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मर्जरमा जान लागेको घोडीघोडा लघुवित्तको यस्तो छ वित्तीय अवस्था ?

२०७७ कार्तिक २३ गते

बैंकिङ खबर । घोडीघोडा लघुवित्तले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले ५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्ष कम्पनी २४ लाख ८७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यसले खुद ब्याज आम्दानी भने १६.५८५ ले बढाएर ४६ लाख ४० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ३९ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसैगरी, असोज मसान्तसम्म घोडीघोडा १ लाख ८२ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । अघिल्लो वर्ष भने यसले २ लाख ३४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल यसको चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ छ । रिजर्भ कोषमा जम्मा १५ हजार रुपैयाँ मात्र रहेको छ । खराब कर्जा अनुपात १.६६५ बाट बढेर ३.६८५ पुगेको छ । कस्ट अफ फन्ड ६.८९५ रहेको छ । कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले १० जिल्लामा कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।साथै, घोडीघोडा लघुवित्त र युनिक लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्ज हुने सम्झौता गरेका छन् । मर्ज हुने भएपछि आइतबार (कात्तिक २३ गते) देखि घोडीघोडा लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । अब एकीकृत कारोबारपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । यी दुई कम्पनीहरुबीच शुक्रबार (कात्तिक २१ गते) मर्ज सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो ।