
बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा घोडीघोडा लघुवित्तको कारोबार रोक्का भएको छ । घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएपछि घोडीघोडाको शेयर कारोबार रोक्का भएको हो । हाल युनिक नेपालको चुक्ता पूँजी ६ करोड ३० लाख रहेको छ भने घोडीघोडाको चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रहेको छ । युनिक नेपालले हालसम्म आईपिओ निष्काशन गरेको छैन । अब मर्जरपछि बन्ने लघुवित्तले संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व मिलाउन एफपिओ जारी गर्ने छ । घोडीघोडाको मुख्य कार्यालय कंचनपुरमा रहेको छ भने युनिक नेपालको मुख्य कार्यालय कोहलपुर बाँकेमा रहेको छ ।



