Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै, यस्तो छ कम्पनीको वित्तीय अवस्था ?

२०७७ कार्तिक २१ गते

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले साधाराण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । इन्सोरेन्स कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्नको लागि असोज १४ गते निवेदन दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू ४ करोड ४४ लाख ९६ हजार नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू ३ करोड ८१ लाख १४ हजार नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू १ अर्ब ४० करोड रहेको छ । ६० लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट पछि पूँजी रू २ अर्ब पुग्नेछ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू १४ करोड ८९ लाख ४० हजार जगेडा कोषमा सञ्चित गरेको छ । सो अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा रू १ अर्ब ४ करोड ३६ लाख जम्मा भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू १ अर्ब १९ करोड ७८ लाख बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले १०२ जनालाई रू ८४ लाख १३ हजार दाबी भुक्तानी गरेको छ भने छ जनालाई रू ४१ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । हाल सम्ममा कम्पनीले ९९ ओटा शाखा कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

Ad