Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

पहिलो त्रैमास: आरम्भ चौतारी लघुवित्तको नाफा १ करोड २९ लाख

२०७७ कार्तिक २० गते

 

बैंकिङ खबर । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासमा रू १ करोड २९ लाख नाफा कमाएको छ । बिहीवार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा ४ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू १ करोड २३ लाख नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू ५ करोड ६३ लाख खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनामा चालू आवमा ५७ प्रतिशत वृद्धि भएको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू ३ करोड ५६ लाख खुद ब्याज आम्दानी गरेको थियो । चुक्तापूँजी रू २६ करोड ३४ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू ८ करोड २७ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू १ अर्ब ७० करोड ३५ लाख सापटि लिएर, रू ९७ करोड ४६ लाख निक्षेप संकलन गरेर रू २ अर्ब ९३ करोड ५६ लाख कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा निष्क्रिय कर्जामा वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा शून्य दशमलव ६० प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर १ दशमलव ९१ प्रतिशत पुगेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू। १९ दशमलव ७०, मूल्य आम्दानी अनुपात ३७ दशमलव ४५,तरलता अनुपात ७ दशमलव १२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू १३१ दशमलव ४२ रहेको छ । हालसम्ममा कम्पनीले विभिन्न जिल्लाका ९७ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।