Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

राष्ट्र बैंकद्धारा मर्जरका लागि ४ लघुवित्तलाई अन्तिम स्वीकृति

२०७७ कार्तिक २० गते

बैंकिङ खबर । विभिन्न चार वटा लघुवित्तहरूले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती प्राप्त गरेका छन् । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड तथा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृती प्रदान गरेको हो । महिला लघुवित्तको केन्द्रीय कार्यालय घोराही दाङमा रहेको छ । जाल्पा लघुवित्तको पोखरामा केन्द्रीय कार्यालय रहेको छ। मर्जरसँगै लघुवित्तको नाम जाल्पा सामुदायिक लघुवित्त रहनेछ। मर्जरसँगै लघुवित्तको केन्द्रिय कार्यालय बुटलमा रहने छ भने क्षेत्रीय कार्यालय दाङ र पोखरामा रहने संस्थाले जनाएको छ । महिला सामुदायिक र जाल्पा लघुवित्तको मर्जरसँगै ५७ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्ने जनाएको छ । त्यस्तै, महुली लघुवित्तको केन्द्रीय कार्यालय सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिका मा रहेको छ भने नवकिरणको केन्द्रीय कार्यालय धुलिखेलमा रहेको छ । अब मर्जरपछि लघुवित्तको नाम महुली लघुवित्त रहनेछ । १५ जिल्ला कार्यक्षेत्र बनाई लघुवित्त सेवा प्रदान गर्दै आएको महुली लघुवित्त वित्तीय संस्थामा राष्ट्रिय स्तरको इजजात प्राप्त गरी लघुवित्त सेवा प्रदान गर्दै आएको नवकिरण मर्ज भई सवल पुँजीगत भएको राष्ट्रिय स्तरको घ वर्गको लघुवित्त हुने संस्थाले जनाएको छ ।