Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? माउन्टेन इनर्जीको ‘आइपिओ’ आउँन ७ दिन बाकीँ !

२०७७ कार्तिक १९ गते

बैंकिङ खबर । माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारण सेयर ‘आइपिओ’ बिक्री गर्ने भएको छ । कम्पनीले कात्तिक २६ गते बुधबारदेखि सर्वसाधारणका लागि ‘आइपिओ’ निष्कासन तथा बिक्री खुल्ला गर्ने लागेको हो । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गर्न लागेको हो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागेको हो । यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन गरेको थियो । लगानीकर्ताले आईपीओमा छिटोमा मंसिर २ गते मंगलबार र ढिलोमामंसिर १० गते बुधबारसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।

Ad