
बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख २० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । लघुवित्त संस्थाले संस्थापक शेयरधनीहरुको नाममा रहेको १ लाख २० हजार बित्ता सेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।संस्थाले एक सूचना प्रकाशन गर्दै आवश्यक कागजपत्र संकलन गरेर सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौँमा आइपुग्ने गरि आवेदन दिन आग्रह गरेको हो ।