
बैंकिङ खबर । समिट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार मंगलवारदेखि फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ले सूचना जारी गर्दै मर्जर प्रक्रिया प्रयोजनका लागि रोक्का गरिएको उक्त कम्पनीको दोश्रो बजार कारोबार फुकुवा भएको बताएको छ । सजिलो लघुवित्त र समिट लघुवित्त वित्तीय संस्था एक आपरमा मर्जरमा गएपछि नेप्सेले समिट लघुवित्तको शेयर कारोबार रोक्का गरेको थियो ।


