Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

व्याजदर स्थीर गर्नका लागी सरकारले सुविधा दिनु पर्छ

२०७७ आश्विन २१ गते

कोभिडका कारण देशको अर्थतन्त्र तथा समग्र वित्तीय अवस्था कमजोर बनेको छ । लामो समयको लकडाउन तथा निशेधाज्ञा पछि पनि बजार चलायमान हुन सकेको छैन । यस बिचमा नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधारका लागि बैंकको ऋण किस्ता भुक्तानीमा म्याद थप तथा पुनरकर्जा एवम् अन्य सहुलियतका कार्यक्रमहरु लिएर आएको छ । यसका साथै केन्द्रीय बैंकले व्याजदरमा स्थायित्वका लागि घर गाडि तथा किस्ताबन्दी ऋणमा स्थीर व्याजदरको निती कायम गरेको छ । आगामी १ गते देखि यो निती लागु हुदैछ । कोभिड पछिको अर्थतन्त्र, वित्तीय अवस्था र राष्ट्र बैंकको नितीका सम्बन्धमा बैंकिङ खबरले नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष समेत रहेका वरीष्ठ बैंकर तथा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरीन्छ ।

  • हालको वित्तीय क्षेत्र र अर्थतन्त्रलाई कसरी मुल्यांकन गर्नु भएको छ ?
    अहिलेको अवस्था वित्तीय क्षेत्र र अर्थतन्त्रको लागी चुनौतीपूर्ण छ । अर्थतन्त्रलाई हाकेर लैजाने महत्वपुर्ण अंग बैंकिङ्ग क्षेत्र हो । हाम्रो अर्थतन्त्र विस्तारै थिलथिलो हुदै गइरहेको छ । सन् २०१५ को महाविनाशकारी भुकम्प त्यसपछिको भारतिय नाकाबन्दीपछि धरासायी बनेको अर्थतन्त्रलाई उकास्ने खालको निति बन्न नसक्दा विश्वव्यापी माहामारी कोभिडले झनै धरासायी बनाएको छ । अर्थतन्त्रलाई अगाडी बढाएर देश चलाउनु पर्नेमा हाम्रो देशमा अर्थतन्त्र भन्दा लोकतन्त्रमात्र हावी बनाएर देश चलाइयो । यसले देशमा राजनितिमात्र अगाडी बढ्यो अर्थतन्त्रलाई ओझेलमा पर्यो । यसरी हाम्रो देशले अर्थतन्त्रलाई राम्रोसँग अगाडी बढाउन सकेको छैन । अन्य देशको तुलनामा हाम्रो देशका देश हाक्ने राजनितिज्ञहरुले जानेर नजानेर देशको अर्थतन्त्रलाई थिलथिलो पारे । कोरोनाका कारण अहिले उधोग व्यावसायहरु पनि राम्रोसँग चल्न सकिरहेका छैनन्, केही चलेका पनि न्युन रुपमा चलिरहेका छन् । कतिपय व्यावसायहरु लकडाउन पछि पुर्णरुपमा ठप्प भएको छ । मानिसहरुले आफ्नो उपभोगलाई प्रभमिकताका आधारमा खर्च घटाउन थालेका छन् । यसले अर्थतन्त्रका विभिन्न क्षेत्रहरुलाई असर पारिरहेको छ । अहिले समग्र अर्थतन्त्रको क्षेत्रमा ज्यादै नै चुनौतीपूर्ण अवस्था छ यसको पुर्नउत्थानका लागी हामी सबै एकजुट भएर अगाडी बढ्नुपर्छ । अन्यथा देशको अर्थतन्त्र दुर्घटनामा पर्न सक्छ ।
  • राष्ट्र बैंकले ल्याएको स्थीर व्याजदर निति लागु गर्न बैंकहरुले किन आनाकानी गरिरहेका छन् ?
    हाम्रो देशमा एकै पटक निक्षेप कसरी माथी जान्छ । निक्षेप कम भएको अवस्थामा व्याजदर विस्तारै बढाउदै लैजानु पर्छ । अहिले एकै पटक निक्षेप धेरै भएको अवस्थामा व्याजदर स्थीर गर भन्दा बैंकहरुले आनाकानी गर्छन् । सरकारले व्याजदर स्थीर गर्नका लागी एक किसिमको सुविधा दिनु पर्छ । बैंकहरुलाई यो तहसम्ममा हामी जसरी पनि सहयोग गर्छु भन्नु पर्यो । अहिले व्याजदर घटेर न्युन अवस्थामा भएको बेला स्थीर ब्याजदर राखे पछि ६ महिना पछि अवस्था उल्टो हुन सक्छ । रेमिट्यान्स घट्ने सम्भावना धेरै छ । खाडी मुलुकहरुको पनि आफ्नै किसिमको निती छ । खाडी मुलुकको नितिले हाम्रो देशका रेमिट्यान्समा प्रत्यक्ष प्रभाव पार्छ । पर्यटन व्यावसाय अहिले ठप्प छ । यो अप्ठ्यारो समयमा व्याजदर कम गरेर चलाउनुस् भनेर गर्भनर मार्फत निर्देशन आएको छ, यो ठिक छ । अर्थतन्त्र अप्ठ्यारो अवस्थामा परेको बेलामा बैंकले आफ्नो नाफा हेर्ने भन्दा देश बचाउने तर्फ ध्यान दिनु पर्छ । यो अर्थतन्त्र बचाउने जिम्मा बैंकको मात्र हो र ? आज तरकारी बजारमा तरकारीको मुल्य ३०० प्रतिशतसम्म बढेको छ त्यसलाई पनि नियन्त्रण गर्नुपर्यो । दाल चामलको मुल्य दिन प्रति दिन आकाशिरहेको छ । बैंकको ब्याजलेमात्र यस्तो अवस्था आएको होइन । हाम्रो सरकारी निकायहरु र राष्ट्र बैंकले बाहिरी बजार पनि बुझ्न जरुरी छ । बजारमा भएको अप्रत्यासित मुल्यवृद्धि तर्फ कसैको ध्यान गएको छैन । बैंकको १,२ प्रतिशत व्याजमा अंकुस लगाउनु खोज्नु राम्रो होइन । बैंकहरुले कत्ति नाफा गर्छन् त्यो स्पष्ट देखिन्छ तर बजारमा विचौलियले करोडौं रुपैयाँ नाफा गरेको पनि नाफा गरेको देखिदैन । यस्तो बजारको निगरानी कुनै सरकारी निकायले पनि गरेको छैन । बैंकहरुले सौहार्द पुर्ण रुपमा काम गरिरहेका छन् । कुन उधोगले कत्ति नाफा कमाउछ भनेर हेर्न नसक्ने सरकारी सयन्त्रले बैंकहरुले आफ्नो आम्दानी स्पष्ट देखाउदा ब्याजदरमा अंकुस लगाउनु राम्रो होइन । सरकारले व्याजदर स्थीर बनाउनको लागी अबको २,४ वर्षको रोडम्याप बनाउन आवश्यक छ । बजारमा व्याजदरको उतारचढाव हुने अवस्थामा बैंकले स्थीर व्याजदरमा ऋण दिन सक्दैन । व्याजदर स्थीर गर्नका बजारको उतारचढाव रोक्ने निति भयो भने मात्र बैंकहरुले स्थीर व्याजदरमा ऋण दिन सक्छन् । म बैंकर संघको अध्यक्ष हुदाँ लामो समयको ऋणको लागी व्याजदर स्थीर गर्नु पर्छ भनेर पहल गरेको थिए । मैले आफैले स्थीर व्याजमा ऋण दिएको पनि थिए तर हाम्रो व्यावसायी साथीहरुले स्थीर व्याजदर महङ्गो भन्नु भयो । आजको दिनमा स्थीर व्याजदरमा ऋण लिन व्यापारीहरु किन तयार छन् भने अहिले व्याजदर कम लेबलमा छ । अहिले व्याजदर फिक्स भयो भने आगामी दिनमा व्यावसायी वर्गहरुलाई सजिलो हुन्छ त्यही भएर व्यापारीहरुले ब्याजदर स्थीर कायम हुनुपर्छ भनिरहनु भएको छ । बजार माथी गइरहेको बेलामा ब्याजदर स्थीर गर्न उहाँहरु मान्नु हुन्न । हाम्रो बजार स्थीर हुन सक्ने व्यवस्था सरकारले गर्नु पर्यो । अहिले बैंकहरुले व्याजदर फिक्स नगरे पनि बैंक बीचको प्रतिस्पर्धाले ब्याजदर घटाइरहेका छन् । यो देशमा सबै कुरा बैंकमात्र होइन । वस्तुको उत्पादन र उपभोक्तासम्म आउदा बाहिरी मुल्य बढ्दै गइरहेको छ सरकारले त्यसलाई रोक्नु पर्यो । यो बीचको तहलाई रोक्न सकियो भने उत्पादनकर्ताले पनि आफ्नो उत्पादनको उचित मुल्य पाउछ र उपभोक्ताले सस्तोमा किन्न सक्ने अवस्था आउछ । जसले बढी जोखिम व्योहोर्छ उसले बढी फाइदा लिन सक्ने व्यवस्था सरकारबाट भएमा मात्र उत्पादनकर्ताले आफ्नो उत्पादनको उचित मूल्य पाउँछ । आज बैंकहरु जत्तिकै अनुशासित भएर राजनिती लगायत अन्य सबै क्षेत्रले पनि काम गरेको भए देशले धेरै चाडो कोल्टे फेरिसक्थ्यो ।
  •  नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति, पुर्नकर्जा, स्थीर व्याजदर लगायतका नितिले वित्तीय क्षेत्रलाई कसरी अगाडी बढाउला ?
    राष्ट्र बैंकको नीतीले वित्तीय क्षेत्रलाई अगाडी बढाँउछ । अहिले समग्र देशको अर्थव्यवस्था हेरेर ल्याएको यो नीतिहरु ठिक छ । कोभिडको अवस्था लम्बिदै गइरहेको छ । राष्ट्र बैंकमा पुर्नकर्जाको माग जत्ति छ बैंकहरुले त्यसको २५ प्रतिशत भन्दा धेरै पुर्नकर्जा दिन सक्ने अवस्था छैन । यसले व्याजदरलाई स्थीर राख्नका लागी केही मद्धत गर्छ । राष्ट्र बैंकले कर्जा प्रवाहलाई दिगो हुनेखालको क्षेत्रमा लगानी गर्ने निति ल्याउनु जरुरी छ । हामी सबै छोटो समयमा धेरै नाफा खोज्छौ । उत्पादनशील क्षेत्रमा लगानी गर्न भन्दा आयत गर्नमात्र ध्यान दिइरहेको छौ । यसले देशलाई परनिर्भरता तर्फमात्र धकेलिरहेको छ । सरकारले आयातमुखी नितिलाई मात्र प्राथमिकतामा राख्दा हाम्रो अर्थतन्त्र माथी उठ्न सकेको छैन । बैंकिङ्ग क्षेत्रलाई उत्पादनशील क्षेत्रमा जोड्नका लागी अर्थतन्त्र पनि त्यहि रुपमा अगाडि बढाउन आवश्यक छ । बैंकलाई सबैले गाली गर्छन् तर बैंकले कुनै क्षेत्रलाई सहयोग नगरेको भए जुनसुकै क्षेत्रको अवस्था पनि अहिले दयानिय हुन्थ्यो । होटल, उधोग, यातायात लगायतका क्षेत्रमा बैंकहरुले प्रशस्त लगानी गरेका छन् । होटलले पर्यटन क्षेत्रमा सहयोग गरिरहेको छ भने उधोग र यातायातले समग्र देशको अर्थतन्त्र चलायमान बनाइरहेको छ । हाम्रो जस्तो कृषि प्रधान देशमा सरकारले कृषि क्षेत्रमा लगानी गर्नका लागी उत्पादनशील नितिहरु ल्याउन जरुरी छ । देशमा रोजगारी प्रदान गर्ने निर्यात गर्ने ठुला उधोगहरुलाई हाम्रो राजनैतिक व्यवस्थाले तहसनहस बनायो । अहिले कतिपय ठुला निर्यात गर्ने उधोगहरुको अस्तित्व पनि छैन । स्वदेशमा उत्पादन गरिरहेका उधोगपतिहरुलाई पलायन बनाएर खाडीमुलुकमा उधोग खोल्न बाध्य पारियो । उनीहरुले अहिले त्यहाँको अर्थतन्त्रलाई सहयोग गरिरहेका छन् । हाम्रो देशको अर्थतन्त्र दिनदिनै खस्कीदै गइरहेको अवस्था छ । बैंकिङ्ग क्षेत्रले अवसर भएका सबै क्षेत्रलाई विगत देखी अहिलेसम्म सहयोग गरिरहेको छ ।
  •  हाल बैंक वित्तको कर्जा प्रवाहको अवस्था कस्तो छ ?
    अहिले कर्जा प्रवाहको अवस्था ज्यादै कम रहेको छ । यो लकडाउनको बन्दको बेलामा बैंकहरुमा लगानीको माग पनि कम छ । रिपेमेन्ट अलिअलि भइरहेको छ । बैंकहरुको कर्जाको माग कम भएकाले अहिले तरलता बढिरहेको छ । यसले बैंकहरुको मुनाफामा ह्रास ल्याइरहेको छ । कोभिडले जुन जुन व्यवसायमा प्रत्यक्ष असर पारेको छ ती क्षेत्रले ऋण तिर्न सकेन भने बैंकहरुलाई यो भन्दा अप्ठ्यारो अवस्था आउन सक्छ ।
  • ५.कोरोनाका कारण सिर्जित भएका बैंक वित्तका समस्याहरु के के हुन् ?
    बैंकका कर्मचारीको सुरक्षा नै महत्वपूर्ण कुरा हो । बैंकका कर्मचारी नै कोरोना संक्रमित भएको अवस्था छ । बैंकका सबै शाखाहरु पूर्णरुपमा खोल्न सकिएको छैन । कतिपय अवस्थामा बैंकहरुमा कर्जा माग भएर पनि कर्जा दिन सकिएको छैन । बैंकमा कोरोनाको असर अलि पछाडी आउन सक्छ व्यापारीहरुले व्यवसाय चलुन्जेलसम्म बैंकको किस्ता तिर्छन् नसके पछि मात्र हात उठाउने हो । दैनिक प्रशासनिक खर्च चलाउन पनि बैंकहरुलाई गाह्रो भैरहेको अवस्था छ । निक्षेपको ब्याज तिरिरहेको अवस्थामा कर्जा लगानी हुन सकेको छैन । यसले बैंकहरुको मुनाफा घटाइरहेको छ ।
Ad