Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

उन्नति सहकार्य लघुवित्तद्धारा मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान

२०७७ आश्विन १५ गते

बैंकिङ खबर । रुपन्देही स्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शंकरपूरले समूहमा आवद्ध मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यस अन्र्तगत तिलोत्तमा नगरपालिका वडा नं १७ कानपारामा गठन भएको समूह उन्नति कानपारा महिला समुहकी सदस्य किस्मति लोधिनको श्रीमानको असमाहिक निधन भएकोले निज सदस्यको कर्जाको रक्षावरण गरेको व्यक्ति, श्रीमानको समेत आवधिक बीमा भएकोले निज सदस्यलाई एक कार्यक्रमका बिच, उक्त संस्थाका शाखा प्रमूख केदारराज जोशीले समूह सदस्यहरुको रोहवरमा विमाङ्क रकम बराबर रु १०००००। अक्षेरेपि रु एक लाख मात्र नगद हस्तान्तरण गर्नुभयो ।
यस संस्थाले हाल सम्म विभिन्न क्षेत्रमा सामाजिक, आर्थिक उत्तरदायित्व वहन गर्दै आइरहेको छ ।  बीमा नियम अनूसार सदस्यको काल गतिले मृत्यू भएमा १ सय २८ प्रतिशत र दूर्घटनामा मृत्यू भएमा २०० प्रतिशत साथै सदस्यको श्रीमान्को मृत्यू भएमा १ सय प्रतिशत क्षतिपूर्ति दिने व्यवस्था गरिएको शाखाका सहायक कर्मचारी निर्मला कूमारी भट्टले जानकारी दिनुभयो ।

Ad