
बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बिरगंज पर्साले मृतक ग्राहक बिरगंज महानगरपालिका ०४ निवासी ननकी देबि गोसाई को परिवारलाई बिरगंज शाखाका सहायक ब्यवस्थापक हेमलाल बश्याल तथा बिरगंज बडा नं. ०४ का वडा अध्यक्ष जगत प्रसाद साह कानु ले रु. ४ लाख २९ हजार रुपैया एक शोकसभा कार्यक्रम आयोजना गरि मृतकका श्रीमान जादोलाल गोसाईलाई मृत्यु क्षतिपुर्ति बापतको बीमा रकम बितरण गर्नुभयो । निजलाई नगदै रु.२४८०००÷ तथा मृतकको नामको बांकी कर्जा १८१०००÷ आजबाट तिर्न नपर्ने भएको शाखा प्रमुख हेमलाल बश्यालले जानकारी गराउनुभयो ।
उक्त कार्यक्रमका अतिथि बिरगंज बडा नं. ०४ का वडा अध्यक्ष जगत प्रसाद साह कानु , वडा सदश्य सर्मा श्रवण तथा समाजसेबि मजर अंसारी , संस्थाका कर्मचारी गोपीलाल चौधरी रहनुभएको थियो । सो अवसरमा अतिथिहरुले सानो रकमको बीमाले ठुलो क्षति लाई पुर्ति गरेको भन्दै निर्धन उत्थान लघुबित्तले गरिबहरुलाई गाउगाउमा समुह मार्फत बित्तिय सेवा दिई उनीहरुको आर्थिक अवस्था माथि उकास्न बित्तिय पहुंच पुर्याईरहेको बताउदै सामाजिक उत्तरदायित्व समेत बहन गरेकोमा धन्याबाद दिनुभएको थियो । साथै आगामी दिनमा अझै राम्रा राम्रा कार्यक्रमहरु ल्याउन आग्रह गर्नु भएको थियो ।
उक्त कार्यक्रममा शाखा प्रमुखले यो संस्था देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबै भन्दा ठूलो लघुवित्त संस्था रहेको जनाउनुभयो । साथै उहाँले संस्थाकोे १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरु मार्फत २०७७ श्रावण मसान्त सम्ममा ३ लाख ७३ हजार ९४६ घरपरिवारहरुमा सेवा विस्तार गरेको उल्लेख गर्नुभयो । उहाँले संस्थाको २०७७ श्रावण मसान्त सम्ममा लगानीमा रहेको कर्जा रु. १९ अरब ८४ करोड रहेको र ग्राहक सदस्यहरुको १३ अरब ५५ करोड बचत निक्षेप रहेको जानकारी गराउदै सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकलाई सुत्केरी स्याहार खर्च, दैबिबिपत्ति पर्दा सहयोग, माहामारीको बेला केन्द्रमा स्वास्थ्य सामाग्रि बितरण समेत गरिएको जानकारी गराउनुभएको थियो ।