बैंकिङ खबर । स्याङ्जा जिल्लाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रिय कार्यालय रही १० जिल्लामा १९ कार्यालय मार्फत कार्यक्रम संचालन गरिरहेको यस संस्थाले कोभिड –१९ कोरोना भाईरस वाट कार्यक्रममा पारेको प्रभाव तथा आगामी रणनीति सम्वन्धी शाखागत अन्तरक्रिया कार्यक्रम वालिङको होटल गाँउवेशीको सभाहलमा कोरोना वाट वच्नका लागि गर्नू पर्ने अत्यावश्यक मापदण्ड पुरा गर्दे सम्पन्न गरेको छ । संस्थाले कोरोनाका कारण बैकिङ जगतमा परेको प्रभावबाट कर्मचारीको मनोवल खस्कन नदिनका लागि र ग्राहकहरुको संरक्षणका लागि संस्थाले आगामी दिनमा खेल्नु पर्ने भुमिकाका वारेमा छलफल गरेको छ । सो कार्यक्रममा संस्थाका अध्यक्ष नरेश के.सी. संचालक समिति सदस्य विधा श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी.लगायत विभागिय प्रमुखहरुको समेत उपस्थिती रहेको थियो भने सो कार्यक्रममा लघुवित्त संघ नेपाल (ःब्ल्) का अध्यक्ष तथा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जगत पोखे्रलको समेत विशेष उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका अनुभवी ब्यत्तित्वहरुले समेत सहभागिता जनाउनु भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले वताउनु भएको छ । सो कार्यक्रमको संचालन अधिकृत कुलदेव लामिछानेले गरेका थिए । तालिमको अवसरमा (ःब्ल्)का अध्यक्ष जगत पोखे्रलले लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट जारि निर्देशन अनुरुप मर्जर प्रकृयामा जानुको विकल्प नरहेको धारणा ब्यक्त गर्नू भएको थियो । त्यसै गरि आधिखोला लघुवित्तका अध्यक्ष तथा ःब्ल्) का कोषाध्यक्ष नरेश के.सीले समेत कर्मचारीहरु लाई अत्यन्तै सजग भई काम गर्नका लागि कर्मचारीलाई उत्प्रेरित गर्नू भएको थियो त्यसै गरी पव्लिक संचालक विधा श्रेष्ठले समेत संस्थाको वर्तमान अवस्थामा संस्थालाई जोगाउनका लागि आफ्नो स्वास्थ्य लाई उच्च प्राथमिकतामा राखी कार्य गर्नका लागि सुझाव दिनु भयो । प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी ले समेत विषम परिस्थितिमा ग्राहक सदस्य तथा कर्मचारीको स्वास्थ्य संवेदनशिलता लाई उच्च प्राथमिकतामा राख्दै कार्यस्थलमा लागेको वताउदै, संस्थाका वित्तिय सुचकहरु नकारात्मक वन्दै गएकोमा खेद व्यक्त गर्दै, नियमनकारी निकायको निर्देशन अनुरुप कोभिड सुरक्षा उप समिति गठन गरी कार्य गर्दै आएको बताउनुभयो । साथै सोही कार्यक्रममा उपस्थित विभिन्न शाखाका शाखा प्रमुखहरुको माध्यम वाट प्राप्त ग्राहकहरुका समस्याहरुलाई सम्वोधन गर्दै अगाडी वढ्नका लागि प्रतिवद्ध रहेको वताउनु भयो । संस्थाको चुक्ता पुँजी १० करोड रहेको र वाग्लुङ जिल्लमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तिय संस्था सँग मर्जरका लागि अन्तिम चरणमा रहेको समेत के.सी ले वताए । संस्थाले १० जिल्लामा १९ कार्यालय मार्फत करिव १७,०००। सदस्य ७९ करोड कर्जा लगानीमा रहिरहेको र ३० करोड बतच परिचनल गरिरहेको छ भने मर्जर प्रकृयाका कारण संस्थाको शेयर कारोवार रोक्का रहेको छ ।