
बैंकिङ खबर । महिला सामुदायीक लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सदस्यहरुलाई व्यवसाय प्रर्वद्धनका लागी अनुदान वितरण गरेको छ । लघुवित्त संस्थाले घोराही र नारायणपुर शाखा अन्तरगर्तका सदस्यहरुलाई सोमवार एक कार्यक्रमको आयोजना गरि व्यवसायका लागि आवश्यक सामाग्री तथा नगद अनुदान वितरण गरेको छ । संस्थामा आवद्ध ४० जना सदस्यहरुलाई सामुहिक रुपमा एवं व्यक्तिगत रुपमा व्यवसाय प्रर्वद्धनका लागी अनुदान रकम प्रदान गरिएको हो । साना उद्यमहरुका लागी आवश्यक सामाग्री लगायत नगद ८ लाख ९९ हजारको अनुदान रकम वितरण गरिएको हो । जसमा ४ वडा मिनी टेलर (हाते ट्याक्टर), ३ वटा बोयर बोका, ८ वटा स्प्रे टंकी र मल्पीङ, २ वटा फ्रिज, एक थान सीलाई मेसिन, एक थान मोटर र एक थान ठेला एवं सदस्यहरुको आवश्यकता अनुसार नगद अनुदान सहयोग प्रदान गरिएको छ । कोरोना भाईरस संक्रमणको समयमा साना व्यवसायीहरु मारमा परेकाले व्यवसाय पर्वद्धनकालागी अनुदान वितरण सुरु गरिएको संस्थाले जानकारी दिएको छ ।उद्यम विकास कार्यक्रमद्धरा प्रर्वद्धन गरिएका साना तथा मझौला उद्यमी सदस्यहरुलाई संस्थागत संरक्षण कोषद्धारा व्यवसाय गर्नकालागी सदस्यहरुलाई अनुदान वितरण गरिएको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिइन् । हालसम्म ७ करोड रुपैया बचत भएको र त्यसमध्यबाट हरेक वर्ष सदस्यहरुलाई व्यवसाय प्रर्वद्धनकालागी अनुदान रकम वितरण गर्ने गरेको यनेगिले बताइन् ।‘नेपालमै बैंक तथा वित्तीय संस्थाहरुमध्य महिला सामुदायिक लघुवित्त वित्तीय संंस्थाले सदस्यहरुलाई ग्राहक संरक्षण कोषबाट अनुदान वितरण गरेको सायद पहिलो होला’ योगीले भनिन्– ‘संस्थाकोलागी भन्दा पनि सदस्यहरुकालागी व्यवसाय प्रर्वद्धन गर्ने उद्धेश्यकासाथ हामीले ग्राहक संरक्षण कोषको स्थापना गरेका छौँ, जसबाट हामीले पहिलो प्रयास गरेका छौँ ।’उनले यस आर्थिक वर्षमा ६ वटा जिल्लामा सदस्यहरुलाई ग्राहक संरक्षण कोषमार्फत २ करोड रुपैया वितरण गर्ने योजना रहेको पनि जानकारी दिइन् । युवा तथा महिलाहरुको व्यवसायीक क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवद्र्धनकालागि आवश्यक पर्ने वित्तीय सेवा, प्राविधीक सेवा, तालिमको व्यवस्था गरिरहेको योगिले जानकारी दिइन् ।संस्थाले कृषी, पशुपालन, साना उत्पादनमूलक उद्योग, सीपमूलक तालिम प्रदान गरि साना तथा मझौला उद्यमी निर्माण गरि सदस्यहरुको आर्थिक स्तरमा सुधार गर्दै गरिबी न्यूनिकरणमा टेवा पुर्याेएको जानकारी दिइन् । सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले ग्रामीण क्षेत्रका महिलाहरुलाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउनको लागी महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको महत्वपूर्ण भूमीका रहेको बताए । उनले कृषी र पशुपालनकामा पछिल्लो समयमा महिला तथा बालबालिकाहरु आकर्षीत रहेकाले उनीहरुको व्यवसायलाई प्रर्वद्धन गर्न आवश्यक रहेको उहाँको भनाई छ । जुन काम महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाले संस्थागत रुपमा गरिरहेको भन्दै पंशसा व्यक्त गर्नुभयो । परम्परागत कृषी र पशुपालन व्यवसायलाई आधुनिकीरकण गर्नकालागि प्रविधीको प्रयोग गरेर उत्पादन बढाउन अनुरोध गरे ।घोराही उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लमीछानेले लघुवित्तको माध्यमबाट महिलाहरु आयआर्जनमा लागेर आत्मनिर्भर बनेको बताए । घोराही उपमहनगरपालिका वडा नम्बर १० का सदस्य केशरी बिकले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागी लघुवित्त संस्थाको महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रममा बर्षाका कारण घर भत्कीएर पीडित घोराही उपमहानगरपालिका वडा नम्बर १८ काभ्रेखोलाका थमा रोकालाई ग्राहक संरक्षण कोषबाट नगद ५ हजार रुपैया सहयोग गरिएको हो ।
संस्थाले हालसम्म शान्तिनगर, श्रीगाँउ, हापुरे, लमहील गढवा, भालुवाङ, राजपुरमा सदस्यहरुलाई २० लाख अनुदान रकम वितरण गरिसकेको छ ।