Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

के लघुवित्तको माया लाग्छ र…

२०७७ आश्विन ११ गते

दिनेश कटुवाल
के लघुवित्तको माया लाग्छ र.. हुरहुरती लाग्छ नि…, उखुम्मै लाग्छ नी….। बंगलादेशवाट शुरुवात भएको लघुवित्त कार्यक्रम विश्वको धेरैजसो राष्ट्रमा यसको आवश्यकता एव.प्रभावकारीताको वारेमा ठुलै बौद्धिक वहस नभएको होइन । यो वहस पहिलो चरणमा संस्थाको स्वसक्षमता हासिल गर्ने, सुशासनलाई जोड दिने थियो । दोस्रो चरणमा लघुवित्तले नाफामूखि तर्फ उन्मूख भएको देखिन्छ । तेस्रो चरणमा प्रवेश गर्दा ग्राहक संरक्षणको आँखावाट हेरिन थाल्यो । चौथो चरणमा ग्राहकहरुको वित्तीय साक्षरता र लघुउद्यमशिलताको पाटोवाट विश्लेषण गर्दै क्रेडिट प्लसका कार्यक्रमहरुले लघुवित्तको सुन्दरतालाई थप निखारदै थियो । सन्२०२० को शुरुवात संगसगै ऋयखष्म(ज्ञढ को असरले विश्वलाई आफ्रनो वसमा पार्दे गर्दा नेपालमा यसको असर २०७६ चैत्रवाट देखियो । २०७७ भदौसम्म आइपुग्दा यसले अर्थतन्त्रको सबै अंग प्रत्यङ्गमा धमिराले काठ धुलुपिठो बनाएझै आफ्नो असर देखाउन सफल भयो । सुखमा त सबै हासिखुशिनै हुन्छन् तर दुःखमा साथ दिने कमै हुन्छन । “गरिबहरुको लागि लघुवित्त कार्यक्रम” ग्रामिण भेगको अति विपन्न समुदायमा प्रचलनमा आएको पनि आधा शताब्दी भन्दा बढि भइसकेको छ । लघुवित्त सेवा थप विस्तारको लागि बंगालादेशको ग्रामीण पद्धतीलाई अवलम्बन गरी वि.स.२०४९ सालमा निर्धन उत्थान र तत्पश्चात दुई ग्रामिण विकास बैकहरुको स्थापना भयो । विभिन्न आरोह अवरोह पार गर्दै लघुवित्त आजको अवस्थामा आईपुगेको छ ।
यस्तो अवस्थामा पनि लघुवित्तकर्मीहरु आ—आफ्रनो कर्मथलोवाट सकेको वित्तीय पहुँचमा कन्चुसयाँई नगरी अहोरात्र सेवा प्रदान गरिनै रहे । ग्रामिण भेगका अति विपन्न परिवारमा वित्तीय पहुँच पु¥याई उनीहरुको सुख दुःखमा साथ दिने यहि लघुवित्त कार्यक्रम आज असमान्य अवस्थावाट गुज्रीरहेको छ । नियमन निकाय, ग्राहक सदस्य, स्थानिय निकाय, तथा लघुवित्तसंग सरोकारवालाहरुले यसको संरक्षण, सम्बद्र्धन तथा विस्तारमा के कस्तो भूमिका निर्वाह गरेको छन् । के कस्ता नीतिगत व्यवस्था भए, गाहकहरुले के पाए, के गुमाए, समाज आर्थिक समृद्धितर्फ उन्नमुख भयो की भएन, यसैमा समर्पित कर्मचारीहरुको आर्थिक तथा सामाजिक रुपमा के कस्तो हैसियत एवं भूमिका रहयो । सोको विष्लेषण गरि भन्ने पर्छ के उनीहरुलाई लघुवित्तको माया लाग्छ र….। हर्क साउतले भने झै हुरहुरती आउछ नी, उखुम्ुमै लाग्छ नी ….। जुनसुकै उद्देश्यले भए पनि यस क्षेत्रमा प्रवेश गर्नेहरु धेरैनै छन् । लघुवित्तको माया लागेर नै होला आज यस क्षेत्रको विकास र संरक्षणको लागि हरेक क्षेत्रवाट सकरात्मक पहल भइरहेको देखिन्छ ।

कोरोनाको महामारी २०७६ चैत्र देखि २०७७ भदौ मसान्तसम्म आइपुग्दा लघुवित्त क्षेत्रमा परेको असरवाट ग्राहक एवं वित्तीय संस्था दुवैलाई जोगाउन केही हदसम्म सम्बोधन गर्न नियमन निकाय सफल भएको देखिन्छ । ग्राहकहरुलाई चैत्र मसान्तमा पाकेको व्याजमा १० प्रतिशत तथा २०७७ बैशाख देखि आषाढ मसान्त सम्म मौजुदा व्याजदरमा ३ प्रतिशत का दरले व्याजदर छुट दिन र लघुवित्त वित्तीय संस्थालाई उपलब्ध गराएको कर्जामा पनि २०७७ बैशाख देखि आषाढ मसान्सम्म २ प्रतिशत व्याजदर छुट दिन गरेको निर्देशनले दुवै तर्फ केही हदसम्म सन्तुलन कायम गराउन सफल भएको देखिन्छ । २०७७ श्रावण महिना देखि अधिकतम १५ प्रतिशत मात्र व्याजदर लिन पाउने व्यवस्थाले ग्राहकहरुमा थप राहत पुगेको छ । त्यसै गरी वित्तीय संस्थालाई उपलब्ध गराउने कर्जामा पनि आधारदर भन्दा कममा लगानी गर्न सकिने प्रावधानले आउने दिनमा थप राहत मिल्छकी भन्ने अवस्था सिर्जना बन्दै थियो । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा गरेको परिपत्रले लघुवित्त क्षेत्रमा गरेको अधिविकर्ष कर्जालाई आधारदर भन्दा कममा लगानी गरेमा म्भचष्खभम क्भअतयच को लगानीमा गणना नहुने प्रावधानले गर्दा लघुवित्त क्षेत्रमा कायम हुने व्याजदरको स्थिरतामा थप अन्यौलता देखिएको छ ।

त्यसै गरी अहोरात्र घामपानी, असिना नभनी विहान ७ वजे देखि आफ्नो कर्मथलोमा खटिएका कर्मचारीहरुको स्थिती वेग्लै छ । जोे आफ्नो दुःखलाई विर्सेर संस्थाको प्रगतीमा अहोरात्र खटिएका छन् । आज यस क्षेत्रमा लागि पर्ने केही कर्मचारी कोरोना पोजिटिप छन् । दुरदराजमा रहेकी आफ्नी आमालाई र पत्नीलाई कोरोना पोजिटिभ भएको खबर सुनाउन सकेको छैन । उ एक हप्तामा ठिक हुने कुरामा ढुक्क छ तर उसले आफ्नो रोग घर परिवारमा सुनाउदा झन पिर पर्छ र पिरलाई साम्य पार्न उ आफै घर नगई हुदैन । तर उसलाई आफ्नो जिम्मेवारीको बोध राम्रैसंग थाहा भएर होला त्यसो गर्न पनि चाहाँदैन । यतिका वर्षसम्म मेहेनत गरेर सजाएको त्यो लघुवित्तको सुन्दर घर विर्गन्छकी भन्ने डर पनि छ । आधा मन घर तिर आधा मन कार्यालय तिरहुदा भनेजस्तो प्रगती गर्न अहिलेको परिस्थितीमा कठिनाई पनि देखिन्छ । यस्तो परिस्थितीमा समेत घर परिवारको दुःख भन्दा पनि संस्थाको प्रगतीको लागि लघुवित्तलाई उखुम्मै मनपराउने लघुवित्तकर्मीलाई एक पल्ट नमन गर्न मन लाग्छ र फेरी भन्न मन लाग्छ, के लघुवित्तको माया लाग्छ.र………हुरहुरती आउछ नी…. उखुम्मै लाग्छ नी ।

लघुवित्तको वित्तीय सेवाले आफ्नो लघुउद्यमलाई सफलरुपमा संचालन गरी आर्थिक प्रगती गरी लघुवित्तको सेवालाई एउटा उचाइमा पु¥याउन सफल उद्यमीहरुको कथा पनि कम्ति चाखलाग्दो छैन । हिलोमा कमल फुल्छ भने झै कोरोनाको महामारीमा पनि स्वावलम्वन विकास केन्द्र, काठमाण्डौले लघुवित्तमा आवद्ध भई आफ्नो व्यवसायलाई सफलतापूर्वक संचालन गर्ने सफल उद्यमीहरुलाई “लघुवित्त उद्यमशिलता पुरस्कार” वाट पुरस्कृत गर्ने निर्णय गरेको छ । यसरी पुरस्कृत हुने भाग्यशाली उद्यमीहरु वाँके जिल्लाको राँझा स्थित बंगुरपालन व्यवसाय संचालन गर्दै आएकी मनु थापा मगर, दाङ्ग जिल्लाको लमही स्थित पशुपालन तथा तरकारी व्यवसाय संचालन गर्दै आएकी गीता चौधरी र वाँके जिल्लाको नेपालगंज स्थित गाईपालन तथा तरकारी व्यवसाय संचालन गर्दै आएकी लक्ष्मी देवी खड्का रहेका छन् । उहाँहरुको सफलताले लघुवित्तक्षेत्रमा लामो समय देखि कारोवार गर्दै आउनु भएको धेरै उद्यमी महिलाहरुको प्रेरणाको स्रोत हुनभएका छ । यस्ता सफल लघु उद्यमीहरुको सफलताले विगतमा केही पत्रपत्रिकामा लघुवित्त सम्बन्धि देखिएका तिता टिकाटिप्पणीको अफवाहलाई चुनौती दिदै वर्तमान लघुवित्तको आवश्यकता तथा औचित्यतामा थप टेवा दिएको छ । यसर्थ भन्नै पर्छ उनीहरुलाई पनि लघुवित्तको माया लाग्छ र…, लाग्छ नी….हुरहुरती आउछ नी…..उखुम्मै लाग्छ नी…।

लेखक नेरुडे लघुवित्त वित्तीय संस्था लि मा कार्यरत छन् ।

Ad