Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

थप ४० सहकारी खारेज हुँदै

२०७३ श्रावण १३ गते

sahakariबैतडी जिल्लाका ४० वटा सहकारी संस्था निस्क्रिय अवस्थामा रहेका पाइएको छ । डिभिजन सहकारी कार्यालयका अनुसार २११ सहकारी संस्थामध्ये ७० सहकारी संस्थालाई निस्क्रिय अवस्थामा रहेको सूचना जारी गरिएको थियो । तर सूचनापछि ३० वटाले कागजपत्र पेस गरेको कार्यालयका प्रमुख सहकारी अधिकृत वासुदेव भण्डारीले जानकारी दिएका छन् । समयमा साधारणसभा र लेखा परीक्षण नगरेका सहकारीलाई निस्क्रियको सूचीमा राख्ने गरिएको उनको भनाइ छ । “निस्क्रिय सूचीमा रहेकालाई विस्तारै खारेज गरिनेछ,” उनले भने । सहकारी ऐन २०४८, सहकारी नियमावली २०४९ र सहकारी मापदण्ड २०६८ अनुसार सञ्चालन हुन नसक्ने सहकारीलाई खारेज गरिने बताइएको छ । रासस