
बैंकिङ खबर । रुपन्देही स्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भलुहीले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यसै अन्र्तगत देवदह १० स्थित उन्नति गैरेगांउ महिला समूहकी सदस्य रम्मी सुनारका श्रीमान् जंग बहादुर बि.क. को अल्पायुमै विश्वभरि फैलिएको महामारी कोभिड १९ (कोरोना) भाइरसका कारणले निधन भएपछि सदस्यले पाउने बिमा रकम आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । मृतकको श्रीमती रम्मी सुनारलाई विमा वापतको रकम रु १ लाख रुपैयां शाखा कार्यालय भलुही शाखा प्रमुख अनिल शाहीले प्रदान गर्नुभयो ।
संस्थाका अनुसार समूहका सदस्यले कर्जा लिए वापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतिमा मृत्यु भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए २ सय प्रतिशत साथै सदस्यको श्रीमान्को मृत्यु भएमा १ सय प्रतिशत क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी शारदा थापाले जानकारी दिनुभयो ।