विष्णु पौडेल, लघुवित्तकर्मी
कसैको प्रलोभनमा पर्नु होला है ?
पैसा लिई अरुलाई फेरी, छर्नु होला है ?
यसैले त तपाइलाई अप्ठ्यारोमा पार्छ ।
खराव आनिवानि संग पर–सर्नु होला है ।
वुन्छन् अनेक तानावाना सोच्नु पर्छ, है
प्रयोग कस्तो भएको छ ? खोज्नु पर्छ है
आंखाचिम्म गरी वसे, पछुताउनु पर्छ ।
उत्तम के छ, आफ्नो लागि रोज्नु पर्छ है ।
चलाउनु पर्छ कर्जा, आफ्नै नाममा
लगाउनु पर्छ ठिक ठाउमा, भनेकै कामना ।
दुरुपयोग गरे, दुख्ने आफ्नै टाउको नै त हो ।
ख्याल ठट्टा नसोचेर, संयमितवनौ दाममा ।
कमाईलाई जमाउने, कति अघि वढे ?
हिजो सडक पेटि आज, सगरमाथा चढें
तपाई अझैं, हातमादहिजमाएर वस्ने ?
कर्जा दुरुपयोग गर्ने यहां, कति सडे–सडे ।
कसैको प्रलोभनमा पर्नु होला है ?
पैसा लिई अरुलाई फेरी, छर्नु होला है ?
यसैले त तपाइलाई अप्ठ्यारोमा पार्छ ।
खराव आनिवानि संग पर–सर्नु होला है ।