Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सफताको कथा : सुन्यदेखि कम्पनी मालिक सम्मको अविस्मरणीय यात्रा

२०७७ भाद्र १९ गते

भनिन्छ जीन्दगी सर्घष नै सर्घषको कथा हो । जो सगं सर्घषको कथा हुदैन उसले असल रुपमा जीन्दगीको स्वाद त्यति राम्रो सगं चाखेको हुदैन । अक्सर जस्को जीवनमा सबैभन्दा बढि सर्घष जोडिएको हुन्छ प्राय उ नै सबैभन्दा सफलतको नजीक पुग्छ । यसर्थ सफलताको मुख्य कारक तत्वनै सर्घष नै हो भन्दा कुनै अन्याय हुदैन । सर्घषका ४० औ बसन्त पार गर्न लाग्दै गर्दा सरस्वति दिदिलाई अब भने केहि राहतको अनुभव हुन थालेको छ । अहिले उहासंग शिक्षा एण्ड दिक्षा स्टोर्स नामबाट सन्चालीत ठुलो होलसेल पसल छ जसबाट दिनहु लाखौ कारोबार हुने गर्छ । अहिले उहाँसगं एउटा ठुलो स्टोर्स मात्र छैन हार नखाइ कर्म गर्दा सफल भइन्छ भन्ने अदस्म साहस पनि जुटेको छ । उहासगँ जस्तोसुकै परिस्थीतिहरुसहज र व्यवहारीक रुपमा लडन सक्ने हौसला साथमा छ । अहिले महिनामा कम्तिमा ५०÷६० लाखको आर्थिक कारोबार हुन्छ । उहा अहिले स्थानिय तहको एक प्रतिस्ठित सफल महिला उधमीको रुपमा हुनुहुन्छ । दुखी असाहाय हरुको दाताको रुपमा हुनुहुन्छ । विभिन्न सामाजीक क्षेत्रमा काम गर्दै आएका सामाजीक सस्थाहरुको नेतृत्व गरिरहनु भएको छ । मुक्तिनाथ विकास बैक ले आफुलाई आर्थिक रुपमा स्वावलम्वी बनाई यो स्थानमा पु¥याएको र बैक को साथ नपाएको भए आफुपनि अरु जस्तै घरको चुलोचौकोमा मात्र सिमीत रहने कुरा उहाँ सम्झनुहुन्छ ।

वि.सं.२०३९ साल ०५ महिना १७ गतेका देवदह–२, रुपन्देहीमा मध्यम परिवारमा जन्मीनुएको सरस्वती दिदीले बाल्यकालका एकदमै दुखको दिन नसम्झे पनी उच्च खानदानको रहनसहन को याद पनि त्यति गर्नुहुदैन । सामान्य मध्यमपरिवारमा जन्मीनुभएकोले र “छोरीहरु अर्काको घरमा जाने जात हो धेरै पढाएर अर्थ हुदैन” भन्ने पुरातात्वीक सोचका कारण पनि सरकारी सेवामा जागिर खाने गरि पढ्न सक्नुभएन तर उहाको भित्री इच्छाभने अन्य जस्तै कुनै सरकारी जागिर खाने थियो । त्यो इच्छा मनमा मात्र सिमित रहने भयोे । २०५६ सालतिर विवाहबन्धनमा बाधिएपछि उहाको त्यो इच्छा ले झन् विट मारेजस्तै भयो । सरस्वती दिदि नवलपरासी जिल्ला जमुनिया गा.वि.स. वडा नं.४ हाल प्रतापपुर गाँउपालिका बडा नं २, गोपीगंज घर भएकोएक परिवारमा जेठी बुहारीको रुपमा विवाहबन्धनमा बाधिएपछि धेरै कुराहरुको परिबन्धनमा बाधिन थाल्नुभयो । भर्खर गरेको विवाह, विवाहपछि धेरै ठांउहरु श्रीमानसगं घुम्ने रहरहरु पनि आर्थिक अवस्थाका कारण नै सकुचित गराउनु पर्याे । श्रीमानको घरको आर्थिक अवस्था त्यति बलियो नहुनु, आफु आर्थिक रुपमा स्वावलम्बी हुन नसक्नुले सरस्वति दिदिको जीवन झन झन कस्टकर हुन थाल्यो । हाम्रो समाजमा ऋण लिइ लिइ विवाहमा धेरै खर्च गर्ने प्रचलन ले बैबाहिक ऋण पनि उहाकोहरुको थाप्लोमा नै पर्न गयो । उहाँहरुलाई साहुको ऋणको चर्को ब्याज र दैनिक जीवनयापनका खर्चहरुले लगभग दैनिकि जीवनयापन गर्न नै गा¥हो हुन थाल्यो । यसै विचमा दिदि ले स्थानिय एक ब्यक्तिसगं थप ऋण लिगेर एउटा सामान्य रुपमा सन्चालग गर्दै आएको किराना पसललाई थप गति दिने कोसिस गर्नुभयो ।

विवाहको लागि लिगेको ऋणको भार उहाँलाई थियो नै त्यसमाथि पसल चलाउनका लागि लिगेको थप ऋणको भार उहाको पसलको आम्दानीले थेग्न सक्ने अवस्था रहेन । उहाको पसलमा ऋण गरेर थपेको सामानको स्टक सकियो तर ऋणको ब्याज तिर्दा उहासगं व्यवसायका लागि थप स्टक सामान खरिद गर्ने रकम भएन । जसोतसो ऋणको ब्याज त पुग्यो तर ब्यवसाय पुन अगाडि बढाउनका लागि अव जुटाउने आर्थिक स्रोतको पाटो सकियो । उहाँलाई आफ्नै टोलको सिता दिदि मुक्तिनाथ विकास बैकको लघुवित्त बैकिङ अन्तर्गत समुहमा आबद्ध भएको कुरा पहिला नै थाहा थियो । मुक्तिनाथ बिकास बैकले ऋण दिन्छ भन्ने कुरा उहाको कानसम्म पुगेको थियो तर विना धितो सहज रुपमा ऋण पाउन सकिन्छ भन्ने थाहा भिएन । उहा वि.स.२०७१ सालमा मुक्तिनाथ विकास बैक को सृजनसिल मुक्तिनाथ महिला व्यवसायीक समुहमा आबद्ध हुनुभयो र विना धितो पहिलो पटक ३०,००० रुपैया ऋणको रुपमा लिनुभयो जुन नै दिदिको जीवनमा सफलतको कोसेढुङ्गा सावित भैदियो । दिदिले सो ऋण लिइसकेपछि बैकले सन्चालन गर्ने केन्द्र मिटिङ्गहरुमा सहभागिता पनि जनाउन थाल्नुभयो ।

बैकंका कर्मचारीले गर्ने आत्मिय ब्यवहारले उहालाई झन उर्जासिल बनाउन थाल्यो । बैकका कर्मचारीहरुको हौसलाले नै उहाले पसल नखोल्दाको साझविहानको समयमा घर बरीपरि रहेको फाल्तु बारीमा नगदेबाली का तरकारी हरु लगाउन थाल्नुभयो र सो उत्पादन गरि पसल बाट नै बेच्न थाल्नुभयो । पल्लो गाउको श्याम काकाले बेच्न लाग्नुभएको ५ लिटर दिने भैसि पनि ल्याएर बाध्नुभयो । बेला बेलामा श्रीमानलाई पसल हेर्न जीम्मेवारी दिदै आफुले भैसीलाई घासँदाउरा पनि गर्न भ्याउनुभयो । ताजा दुध पनि पसल बाट नै बेच्न थाल्नुभयो । समुहका अन्य दिदिबहिनि हरुलाई पनि सामान्य लगानीमा आफुले जस्तै नगदे तरकारी बाली लगाउन हौसला दिनुभयो । विस्तारै समुहका दिदिहरुले पनि नगदेबालिको रुपमा तरकारीखेतीहरु उत्पादन गर्न लाग्नुभयो र उत्पादित तरकारीे पनि खुद्रा तथा थोक ब्यापार गर्न थाल्नुभयो । उहाको सानो किनारा पसल अव तरकारीको खुद्रा तथा थोक ब्यापारको रुपमा पनि परिचित हुन थाल्यो । यसबाट आम्दानीको दायरा बढ्ना थाल्यो र ऋणको ब्याज तिरेर पनि रकम विस्तारै सन्चीत हुन थाल्यो । यसले दिदिलाई काम गर्न थप हौसल थप्यो । आफ्नो करेसा बारीको अतिरिक्त आम्दानी, तरकारी ब्यापार बाट को थप आम्दानी, दुध ब्यापारबाट हुने आम्दानी, पसलबाट हुने आम्दानीले ब्यवसायको रुप अझ बढि बोभिलो बन्यो । बैकको प्रशासन पक्ष पनी दिदिको मेहनतलाइ थप हौसला दिदै सात लाख सम्म विना धितो ऋण दिन सम्भव भयो जसको फलस्वरुप उहाले साना किनारा पसल मा मात्र आफुलाई सिमित राख्नुभएन । सो लगानी गरेर उहाले किराना पसलको होलसेल ब्यापर दिन थाल्नुभयो । उहाले आफुजस्तै साना किनारा पसल हरुलाई सामान आपुर्ति दिन थाल्नुभयो । थोरै सामानमा नाफाको दर बढि राखेर नाफा कमाउन भन्दा पनि कम नाफाको दर राखेर बढि सामान बेच्दा आउने नाफा दिर्घकालिन हुन्छ भन्ने कुरा व्यापार गराइको छोटो अनुभवबाट दिदिले सिकिसक्नुभएको थियो । उहाले आफुले आपुर्ति दिनसक्ने खुद्रा पसलहरुको मात्रा बढाउदै जानुभयो । उहा अहिले स्थानिय ३०बटा भन्दा बढि खुद्रा किराना पसलहरुमा सामान वितरण गर्नुहुन्छ । उहाको किनारका पसलले अहिले ट्रेड एन्ड सप्लाई हाउसको रुप लिइसकेको छ ।

भनिन्छ कल्पना र इच्छाशक्ति भयो भने लगभग असम्भव भन्ने कुराहरु कमै हुन्छ । भित्रि मनबाट नै आएका कुराहरु कुनै न कुनै बहानामा सफलतका बाटो समाएर हिडेको नै हुन्छन् । सरस्वति दिदिको जीवनमा पनि यस्तै भएको छ । समाजमा कुनै समान्य समस्या परे पनि दिदिको फोनमा घण्टि बजेकै हुन्छ । दिदि त्यहा पुगेर समस्या समाधानका लागि आफ्नो बलबुताले भ्याएसम्म कोसिस गरेकै हुनुहुन्छ । समाजमा केहि नया योजनाहरु आयोभने दिदि लाई खबर भएकै हुन्छ । दिदि अव एक स्थापित ब्यापारीको रुपमा त स्थापित भैसक्नुभएको छ त्यसको अलवा अरु महिला दिदिबहिनीहरुलाई पनि आफुजस्तै सक्षम र आत्मनिर्भर कसरी बनाउने भन्ने कसरतमा लाग्नुभएको छ । एकपटक लगभग मानसिक विचलनको अवस्थामा पुग्नुभएको दिदि अहिले पसल आफ्नो श्रीमानको जीम्मा लगाएर समाजमा हुने समास्याहरु समाधानको पाटा तिर लाग्न थाल्नुभएको छ । उहाको गोठमा अहिले ५ बटा भैसिहरु छन् र केहि जग्गा लिजमा लिगेर तरकारी खेति गर्नुभएको छ । सुन्यबाट सुरु गर्नुभएको ब्यवसायबाट नै बुटबलमा जग्गा सम्म किनिसक्नुभएको छ । दिदिले आबद्ध हुनुभएको मुक्तिनाथ विकास बैकंको लघुबित्तको उक्त समुहका दिदिबहिनिहरु मिलेर एउटा दुध डेरी र सस्तो पसल खोल्ने योजनामा हुनुहुन्छ ।

अबको लकडाउन को सामान्य अवस्था भैसकेपछि उहाहरुले सामुहिक तरकारीखेतिको योजनामा पनि हुनुहुन्छ दुध, तथा तरकारी हरुको नविकेको अवस्थामा चिस्यान केन्द्रमा राख्ने चिस्यान केन्द्रको निर्माण गर्ने तयारीमा जुटनुभएको छ । दिदिले आफु यो रुपमा सफल हुनुमा मुक्तिनाथ विकास बैकको ठुलो भुमिका रहेको बताउनुहुन्छ । अन्य बैकहरु जस्तै मुक्तिनाथ बैकको पनि सहरकेन्द्रित सेवा र जनता बैक मा होइन बैकं जनतामा जानुपर्छ भन्ने नारा नभएर आफुले बैकंलाई नभेटेको भए आफु अहिले यो अवस्थामा आउन असम्भव रहेको बताउनुभयो । मुक्तिनाथ बैकले सन्चालन गर्दै आएको लघुवित्त बैकिङ्ग सेवा र ग्रामिण बैकिङ्ग सेवाले आफुजस्तै महिलाहरु एक सामान्य गृहणीबाट एक सफल ब्यवसायी र सामाजीक जीवनको ब्यक्तित्व निर्माण गराउन सफल भएको मा दिदि ले बैकप्रति धेरै आभारी रकेको समेत बताउनुभयो । दिदिको यो आट साहस अझ बढोस हाम्रो पनि दिदि लाई अझ बढि साथ सहयोग रहनेछ ।


लेखक : राधा पाण्डेय

Ad