स्वावलम्बन विकास केन्द्रले प्रदेश ५ को वाँके जिल्ला स्थित युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक, उच्च व्यवस्थापन तथा शाखा प्रवन्धकहरुको सहभागितामा अनलाइन वेविनार कार्यक्रम सम्पन्न गरेको छ । सो छलफल कार्यक्रममा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले कोरोना महामारी र लकडाउनबाट शाखा र सदस्यहरुको व्यवसायको पछिल्लो अवस्था विश्लेषण गरी सोही अनुरुप कार्य योजना वनाएर अघि वढ्न संचालक, उच्च व्यवस्थापक तथा शाखा प्रबन्धकहरुलाई सुझाव दिएका छन् । श्रेष्ठले शाखाहरुले व्यवसायगत रुपमा कुन व्यवसायमा कति लगानी भएको छ, महामारी र लकडाउनले कुन सदस्य र कस्तो व्यवसायमा कस्तो प्रभाव परेको छ सुक्ष्म समिक्षा गरी स्थिति विवरण तयार गर्न, सदस्यको वर्गीकरण गर्न सल्लाह दिएका छन् । फिल्ड स्तरवाट संकलित विवरणको प्रभाव विश्लेषण गरी वढीमा ६ महिनाको लागि कर्जाको पुर्नतालिकीकरण गर्ने, कृषि क्षेत्रको विकास तथा उत्पादनमा टेवा दिन स्थान सुहाउ‘दो नयाँ लगानीका क्षेत्र पहिचान एवं प्राथमिकता निर्धारण गरी लगानी गर्र्ने, वढी समस्याग्रस्त शाखाहरुको केन्द्रवाट निरन्तर अनुगमन गर्ने आवश्यकता अनुरुप नयाँ योजनाहरु तर्जुमा गर्ने लगायत कामको थालनी गरी संकट समाधान गर्नु पर्नेे धारणा राखेका थिए ।
छलफलका क्रममा लघुवित्तको मुल उदेश्य, सिद्धान्त र संस्कार अनुरुप लघुवित्त प्रणाली अगाडी वढाउन अत्यावश्यक भएको वताउदै श्रेष्ठले लघुवित्त संस्थाहरु आर्थिक प्रगति गरेर मात्र नहुने सामाजिक रुपमा पनि सक्षम र सफल हुनु पर्ने धारणा राखेका थिए । यस्तै श्रेष्ठले सदस्य संख्या बढाउनु भन्दा भएका निस्कृय सदस्यलाई कृयाशील वनाउनु पर्ने, सदस्यहरुलाई कुनै प्रकारको दुव्र्यवहार नगर्ने, सदस्य र कर्जाको दोहोरोपना वन्द गर्र्ने र लघुवित्तमा उब्जेका विकृति र विचलन रोक्न पनि आग्रह गरेका छन् ।
उक्त छलफलमा यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाका संचालक समिति सदस्य सन्तराम धरकटुवा थारुले वर्तमान संकटको अवस्थामा आफु सुरक्षित, सचेत र उत्साहित भएर काम गर्न सुभाव दिएका थिए । छलफलमा सहभागी शाखा प्रबन्धकहरुलाई लक्षित गर्दै धरकटुवाले वर्तमान प्रतिकुल अवस्थालाई अनुकुल वातावरणमा परिणत गर्न सक्नु असल व्यवस्थापकको विशेषता भएको धारणा राखेका थिए । यस्तै संचालक समिति सदस्य शिवबहादुर चौधरीले सदस्यहरुलाई संस्था प्रति अपनत्व महशुस हुने गरी काम गर्नु पर्ने र यसो हुन सके संस्था आर्थिक रुपमा आफै सवल हुने र दोहोरोपना लगायत लघुवित्त क्षेत्रमा देखिएका समस्याहरु आफै हराएर जाने धारणा राखेका थिए ।
छलफलका क्रममा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक डा. गोपाल दहितले संस्थाको समग्र अवस्था तथा भावि योजना वारे आफ्नो धारणा राखेका थिए । डा. दहितले कोरोना महामारी र लकडाउनका कारण संस्थामा ऋणी सदस्य घटेको, लगानी घटेको, तरलता वढेको, वित्तिय आत्मनिर्भरता घटेकोे, धेरै जसो सदस्यहरुको व्यवसाय संकटमा परेको, भाका नाघेको रकम र जोखिममा रहेको कर्जा वढेको जस्ता समस्याहरु देखिए पनि समग्रमा संस्था घाटामा नरहेको तथ्य प्रस्तुत गरेका थिए । सो अवसरमा डा. दहितले लागि आर्थिक बर्ष २०७७।७८ लाई उद्यमशीलता विकास बर्षको रुपमा मनाउने, कर्जा विश्लेषण र कर्जा सदुपयोगिता लाई चुस्त दुरुस्त वनाउने, निस्कृय सदस्यहरुलाई सक्रिय वनाएर ऋणी सदस्य कम्तिमा ९० प्रतिशत पुर्याउने लगायत योजनाहरु रहेको जानकारी गराउनु भएको थियो ।
छलफलमा युनिक नेपालका १० वटा शाखा प्रवन्धकहरुले आ–आफ्नो शाखाको वित्तीय सुचकांक सहित सदस्यको अवस्था र व्यवसाय, शाखा स्तर वाट बर्तमान अवस्थामा भए गरेका कामहरु वारे जानकारी गराएका थिए । स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख वेचन गिरीले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य तथा औचित्य माथि प्रकाश पार्र्नु भएको उक्त वेविनारमा केन्द्रका निर्देशक सतिश कुमार श्रेष्ठ, अधिकृत रेणु प्रजापती, चन्द्र कान्त पण्डित र सहायक टसि ल्हमु शेर्पाको पनि सहभागिता थियो ।