Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तले नागबेलिलाई गाभ्यो, नयाँ संचालकहरु नियुक्त

२०७७ भाद्र ८ गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त सञ्चालक पदहरुमा दिप बहादुर श्रेष्ठ र संजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नागबेलि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरि एकिकृत कारोबार सञ्चालन पश्चात बसेको सञ्चाल समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुने गरि सञ्चालक द्वयलाई नियुक्ती गरेको हो । वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा आयोजित एक समारोहका विच संस्थाका अध्यक्ष टेक बहादुर बोहराले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । एकिकृत कारोबार पश्चात वित्तीय संस्थाको सञ्चालक समितिमा अध्यक्ष टेक बहादुर बोहरा, सदस्यहरुमा सन्तोष फुया्ल, दिप बहादुरश्रेष्ठ, संजय कुमार श्रेष्ठ, संन्जु घिमिरे, मनि बोहरा थापा रहेका छन् ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विर्तामोडमा केन्द्रीय कार्यालय रहेको नागबेलि लघुवित्तलाई प्रप्ती गरि मिर्मिरे लघुवित्तको नामबाट एकिकृत कारोबार सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकले एकिकृत कारोबार गर्न स्वीकृति प्रधान गरे लगतै संस्थाले आवश्यक प्रक्रिया पूरा गरि कारोबार सञ्चालन गरेको हो ।
एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेक बहादुर बोहराले हाल विश्वनै कोरोना भाइरसको महामारीबाट आक्रन्त रहेको कठिन अवस्थामा समेत संस्थाले एकिकृत कारोबार गर्ने कार्य सफलतापूर्वक सम्पन गरेकोमा खुसी व्यक्त गरे । शुभकामना मन्तव्य राख्नु हुदै साविकको नागवेली लघुवित्तका सञ्चालक समितिका अध्यक्ष दिपकुमार श्रेष्ठले गाभ्ने गाभिने प्रकृया सम्पन्न भएकोमा खुशि व्यक्त गर्दै कर्मचारी व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापनलाई सुझाव दिएका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य तथा दुबै संस्था एक भए पछिको वित्तीय विवरण तथा भावि चुनौतिहरुको बारेमा मिर्मिरे लघुवित्तका साविकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सन्तोष फुया्ल, संजय कुमार श्रेष्ठले समेत शुभकामना मन्तव्यव्यक्त गरेका थिए । एकिकृत कारोबार पश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय बनेपा र प्रमुखकार्यकारी अधिकृतमा कुमार याक्सो रहेका छन् ।
यसअघि स्वेडा लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोवार सञ्चालन गरिसकेको मिर्मिरेले नागवेलीलाई प्राप्ति गरे पश्चात समायोजित चुक्ता पूँजी.३९ करोड ९८ लाख ७२ हजार ६४१.५० भएको छ भने शाखा संख्या जम्मा १११ भएको छ ।

Ad