बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आफ्ना कर्मचारीमाथि रोक लगाउँदा पुरै वाणिज्य बैंकहरुको सेवा बन्द गर्न निर्देशन दिए । तर यो निर्देशन राष्ट्र बैंकको नीति विपरीत थियो । त्यस कारण केही बैंकहरुले यो निर्देशन मानेनन् । राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड का पूर्व निर्धारीत शाखाहरु संचालीत रहे । उनीहरु पनि बैंकर्स संघका सदस्य बैंक हुन् । विकास बैंकहरु, फाइनान्स कम्पनीहरु पनि पूर्व योजना अनुसार नै सेवा दिन थाले । अन्य केही बैंकका विभिन्न शाखाहरु संचालन रहे ।
घटना के थियो ?
भदौ ४ गते विहीबार भक्तपुरको प्रभु बैंक खुलीसकेको थियो । बैंकका सेवाग्राही आउँदै थिए । तर एक्कासी बैंकका म्यानेजरको मोवाइलमा फोन आयो । अनि हत्तपत्त बैंक बन्द गर्न लगाइयो । कारण थियो बैंकर्स संघको निर्देशन । विहीबार सानीमा बैंकका कर्मचारीलाई जमलमा प्रहरीले रोक्यो । त्यसपछि सुरु भयो नयाँ नयाँ घटना । सानिमा बैंकका कर्मचारीले बैंकका सिइओ भुवन दाहाललाई फोन गरेर सुचना दिए । उनले यत्तिकैमा बैंकका केही सिइओहरुलाई फोन गरे र बैंकहरुको सेवा बन्द गर्न निर्देशन दिए । बैंकका कर्मचारीलाई प्रहरीले रोकेको बहानामा बैंकहरुले सेवा नदिने निर्णय बेंकर्स संघले गर्यो । सानिमा बैंकका सिइओ दाहाल बैंकर्स संघका अध्यक्ष छन् । यो सुचना नेपाल राष्ट्र बैंक समक्ष पुग्यो । राष्ट्र बैंकले यसबारेमा गृह मन्त्रालयसँग समन्वयन गर्यो । तत्पश्चात केही ठाउँमा रोकीएका बैंकका कर्मचारीलाई छाडीयो । राष्ट्र बैंकले गृहमन्त्रालयलाई बैंक अत्याबश्यक सेवा भएका कारण कर्मचारीमाथि हिडडुलमा रोक नलगाउन भन्यो । फलस्वरुप प्रहरीले बैंकका कर्मचारीलाई बैंककै परिचयपत्रबाट हिडडुल गर्न पाउने सहमति भयो । तर यस्तो सहमति हुँदा बैंकहरुले भुवन दाहालको ठाडो आदेशमा सेवा बन्द गरीसकेका थिए । आफु र आफ्ना कर्मचारीलाई रोकेकै आधारमा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले एकाएक आफु खुसी बैंक बन्द गराए । सहमतिको बाटोलाई छाडेर राष्ट्र बैंकसँग समन्वयन गर्दै नगरी बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुलाई सेवा बन्द गर्न लगाउनु र ठाडो आदेश दिनु कानुन विपरीत हो । उनले आफ्ना कर्मचारीलाई रोकेका आधारबाट सबै बैंकलाई सेवा बन्द गर्न लगाउनु व्यक्तिगत रिसिबी र गैर जिम्मेवार देखिन्छ । बैंकिङ सेवा सुचारु गर्ने वा नगर्ने राष्ट्र बैंकको अधिकारभित्र पर्दछ । यसबारेमा हामीले नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टसँग जानकारी माग्यौं । उनले बैंकङ सेवा बन्द गर्न नमिल्ने बताउँदै हिडडुलमा आएको समस्या समाधान भइसकेको बताए ।


