
बैंकिङ खबर । विश्वभर महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस कोभिड १९ हाल नेपालको पर्सा र बारा जिल्लामा ब्यापक रुपमा फैलिरहेकोले यसलाई नियन्त्रण तथा चेक जाँच गर्नका निमित मेरोमाईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि.को शाखा कार्यालय रामपुर्वा (कोल्हबी) ले कोल्हबी नगरपालिकालाई थर्माेगन (Infared Thermometer) शाखाका शाखा प्रबन्धक अजित कुमार मण्डलले नगर प्रमुख भरत बहादुर भण्डारी लाई सहयोग गरेको छ ।
यस संस्थाले यस नगरपालिकालाई आज २ थान थर्मोगन र २०७७ बैशाख २९ गते पनि १५ थान पिपिई सेट सहयोग वापत हस्तान्तरण गरेको थियो । अगामी दिनमा पनि यस्ता सहयोग गरिदिन संस्थालाई नगरप्रमुखले मन्तब्यको क्रममा आग्रह गर्दैै धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो । यस संस्थाले समाजिक उत्तरदायित्व अन्र्तगत प्रत्येक जिल्लामा रहेको शाखा मार्फत राहत तथा आवश्यक सहयोग गरिरहेका छन् । कार्यक्रममा जन स्वास्थ्य अधिकृत मोहम्मद साविर, मनोज कुमार चौधरी तथा सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।