Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्स कोल्हबी शाखाद्धारा बारागढि गाउँपालिकालाई थर्माेगन सहयोग

२०७७ श्रावण २२ गते

बैंकिङ खबर । विश्वभर महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस कोभिड १९ हाल नेपालको पर्सा र बारा जिल्लामा ब्यापक रुपमा फैलिरहेकोले यसलाई नियन्त्रण तथा चेक जाँच गर्नका निमित मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय रामपुर्वा (कोल्हबी) ले बारागढि गाउँपालिकालाई थर्माेगन शाखाका शाखा प्रबन्धक अजित कुमार मण्डलले गाउँपालिका अध्यक्ष देवदत्त बछार थारुलाई सहयोग गरेको छ ।
हाम्रो गाउँपालिकामा स्वास्थ्य सामाग्री सहयोग गर्ने पहिलो संस्था मेरोमाईक्रोफाइनान्स नै रहेको र अगामी दिनमा पनि यस्ता सहयोग गरिदिन संस्थालाई थारुले मन्तब्यको क्रममा आग्रह गर्दैै धन्यवाद पनि ब्यक्त गर्नु भएको थियो । यस संस्थाले समाजिक उत्तरदायित्व अन्र्तगत प्रत्येक जिल्लामा रहेको शाखा मार्फत राहत तथा आवश्यक सहयोग गरिरहेको छ । कार्यक्रममा समाजसेवी यादव कृष्ण चौधरी, बारागढि सिकाई केन्द्रका अध्यक्ष मुरारी प्रसाद चौधरी तथा सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Ad