Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थानद्धारा बाढी प्रभावितलाई आर्थिक राहत सहयोग

२०७७ श्रावण २१ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फलेवास राहालेद्घारा फलेवास नगरपालिका ०६ देबीस्थान अन्र्तगत अविरल वर्षाबाट घर, गोठ पशूपंक्षी, अन्न, लत्ताकपडा लगायत पूर्णरुपमा क्षति भएकोले चनखोला र ओख्लेचौर महिला समाजको दुई जना सदस्यलाई ४०००। दरले नगद रु. ८०००। आर्थिक राहत सहयोग प्रदान गरिएको छ । शाखाका शाखा प्रबन्धक जीत नारायण चौधरीले सदस्यद्घय प्रेम कुमारी थापा र पुतली नेपालीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

शाखाका लेखापाल सुबोध पराजुलीले संचालन गर्नुभएको कार्यक्रममा शाखा प्रबन्धक जीत नारायण चौधरीले आफ्ना ग्राहक सदस्यलाई परियोजना अनुसार १० देखि १५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउदै आएको र बचत तर्फ अधिकतम ९ प्रतिशत सम्म ब्याज दिने गरेको बताउनुभयो । यसैगरी दलित, मुक्त कमैया, बादी, हलिया, द्घन्द पिडित, एकल महिला, अपाङ्ग तथा जेष्ठ नागरिक सदस्यलाई कर्जाको ब्याजदरमा थप १ प्रतिशत सहुलियत रहेको बताउनुभयो । व्यवसायिक रुपमा काम गर्न खोज्ने ग्राहक सदस्यलाई लघुउद्यम कर्जा अन्तर्गत सात लाखसम्म उपलब्ध गराउदै आएको जानकारी गराउनु भयो ।

यसका साथै संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, ग्राहक तथा निजको परिवारमा गम्भीर रोगबाट पिडित हुदा आर्थिक राहत सहयोग, आगलागी तथा बाढीपिडित सदस्यलाई आर्थिक राहत सहयोग लगायतका सुबिधा दिदैं आएको बताउनुभयो ।

Ad