
बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरूबाट सहयोग स्वरुप संकलन गरिएको रकम रु. ३४ लाख २३ हजार ६ सय ९८ रूपैया“को चेक नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिएको छ ।
उक्त सहयोग रकम वापतको चेक माननिय अर्थमन्त्री डा. युवराज खतिवडालाई साउन १८ गते आइतवार अर्थमन्त्रालयमा संस्थाका सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद घिमिरे र प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा माननिय अर्थमन्त्रीले देशमा गरिबी न्यूनिकरण गर्ने अभियानमा कार्यरत ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुहु“दै यस रकमलाई सरकारले ठुलो सहयोग मानेको र यसरी संकलन भएको रकम कोरोना संक्रमण तथा विपतमा परेका नागरिकहरूको उपचार र उद्धारका लागि नेपाल सरकारले पूर्णरुपमा सदुपयोग गर्ने बताउनु भयो । उक्त अवसरमा संस्थाका कम्पनी सचिव दिपक प्रसाद पाण्डे, कर्जा व्यवस्थापन नीति तथा योजना विभागका प्रमुख किरण काफ्ले, वित्त व्यवस्थापन विभागका प्रमुख मोतिराज खनाल र संस्थामा क्रियाशील दुबै कर्मचारी युनियनका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।
संस्थाले यस पूर्व संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा रु. ११ लाख र सबै सात प्रदेश सरकारहरूले स्थापना गरेको यस प्रकारको कोषमा प्रत्येक प्रदेशलाई समान रू. २ लाख ५० हजारले गरी कुल रकम रु. २८ लाख ५० हजार सहयोग रकम जम्मा गरेको थियो ।