Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

राष्ट्र बैंकद्धारा लघुवित्तलाई नयाँ निर्देशन जारी (पूर्ण पाठसहित)

२०७७ श्रावण १४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि नयाँ निर्देैशन जारी गरेको छ । जस अनुसार राष्ट्र बैंकले एकभन्दा बढी प्रदेशमा समेत शाखा कार्यालय खोली कारोवार सञ्चालन गरेका लघुवित्त वित्तीय संस्थाहरुले २०७८ असारभित्र उक्त शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरी सक्नुपर्नेछ वा तोकिएको चुक्ता पुँजी पुरा गरी राष्ट्रियस्तरमा स्तरोन्नति भईसक्नु पर्ने जनाएको छ । राष्ट्र बैंकले लघुवित्तको कर्जा भुक्तानीबारे पनि निर्देशन संसोधन गरेको छ ।